प्रदेश

लुम्बिनी प्रदेशः प्रतिपक्ष दलको विरोधकाबीच विधेयक पारित




देउखुरी, १९ असार । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको विरोधकाबीच प्रदेश सभाले विधेयक पारित भएको हो ।

मन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागी प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेस गर्ने क्रममा रोष्टम घेराउ गरिएको थियो बैठक सुरु हुन साथ एमालेका सांसदहरूले विरोध जनाएका थिए । सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरे । आर्थिक । बैठक अघि बढ्न नसकेपछि एक घण्टाको लागी बैठक स्थगित गरिएको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६