अर्थ-वाणिज्य

एमालेको अवरोध हटेपछि लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित




दाङ २१ असार । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको दोस्रो अधिवेसनको १८ औं बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरिएको हो ।प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले घोषण गरे । आर्थिक वर्ष २०८०/०८१ का लागी ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।सरकारले ल्याएको बजेटमा असहमती जनाउदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । जसका कारण चार पटक सम्म सदन अवरुद्ध हुन पुगेको थियो । मंगलबार बेलुका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संग भएको वार्ता पछी संसद बैठक सुचारु भएको थियो ।
आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेक पारित गरिसोस भन्ने प्रस्ताव प्रस्तुत गरेको थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको घोषणा सभामुख घर्तीले गरे ।सरकारले असार १ मा ल्याएको बजेट चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार थियो ।त्यस्तै, वित्तिय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख छ । जुन चालुतर्फ ३३.६८ प्रतिशत, पुजिगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ ।आगामी वर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया हुने अनुमान गरिएको छ ।
त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ ।चालु वर्ष २०७९/८० मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको हो ।

प्रकाशित : २१ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६