कपिलवस्तु २१ असार । कपिलवस्तुका सक्षम सुबेदीले ४ जिपिए ल्याएका छन । बिहीवार प्रकाशित नतिजा अनुसार ४ जिपिए ल्याएर कपिलवस्तुको बाणगंगा नगरपालिकाका– ४ सिद्धिपुरका सुबेदी नेपालका प्रथम हुने सुचीमा परेका छन भ । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी घिमिरेले ग्रेड प्वाइन्ट ४ अंक हासिल गरेक बिद्यालयका प्राचार्य बासुदेव घिमिरले बताए ।
एस.इ.ई.को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो । सुवेदी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको प्राचार्य घिमिरेले बताए । चार जिपिए अंक ल्याएका सुवेदीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरे । अहिले उनीलाई बधाई दिनेको ताती लागेको छ । आफनो आमा बुवा शिक्षकहरुको सहयोग र साथले आफुले यो स्थाल हासिल गर्न सफल भएको उनले बताए । सानै देखि अनुशासित र राम्रो स्वभावका सुवेदी विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत थिए ।
एसईई दिए पछि सुबेदीले काठमाण्डौका बिभिन्न कलेल तथा बिद्यालयमा इन्ट्रान्स परीक्षा दिएका थिए । सबैमा नाम निकाले पनि उनी अहिले काठमाण्डौको बुढानिलकन्ठ स्कुलमा कक्षा ११ मा बिज्ञान बिषयमा भर्ना भएको प्राचार्य घिमिरेले बताए । प्राचार्य घिमिरेले आफनो बिद्यालय यस पटक पनि अब्बल साबित भएको भन्दै खुशी ब्यक्त गरे । यस अघि २०७८ सालको एस.ई.ईं परीक्षमा होराइजनका करुण घिमिरेले ४ जि.पि.ए. प्राप्त गरेका थिए ।होराइजनले १८ जना ए प्लस ३० जना ए र ११ जना बि प्लस १ जना बि ग्रेड गरी कुल ६० जनालाई एसइइ उत्तिर्ण गराएको प्राचार्य वासुदेव घिमिरेको भनाइछ ।
२१ असार २०८०, बिहिबार
प्रतिक्रिया