अर्थ-वाणिज्य

बैङ्क तथा वित्तीयसंस्थाले व्यवसायीलाई टर्चर नदिन उद्योग वाणिज्य संघको अपिल



कपिलवस्तु, २३ असार । असार मसान्तको नाममा बैङ्क तथा वित्तीय संस्थाहरुले उद्योगी, ब्यापारी तथा व्यवसायीलाई अनावश्यक ‘टर्चर’ दिएको भन्दै त्यसो नगर्न कपिलवस्तु उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

असार २२ गते शुक्रबार एक प्रेस विज्ञ्प्ती जारी गर्दै संघले असार मसान्त भए पनि ब्यवसायीको पीडा र मर्का बुझ्न वित्तीय संस्थालाई आग्रह गरेको हो ।

संघका अध्यक्ष डोलकराम घिमिरे र महासचिव मनोज पौडेलद्धारा जारी विज्ञप्तीमा ब्यवसायी अझै पनि समस्यामा रहेको उल्लेख गरिएको छ । व्यवसायी यस्तो अवस्थामा रहेको थाहा पाउँदा पाउँदै बैङ्क, सहकारी, फाइनाइन्स, माइक्रो फाइनाइन्सहरुले सावा र ब्याज उठाउन दबाब दिँदा तत् संस्था र परिवारमा समेत द्धन्दको स्थिति सिर्जना भएको उल्लेख छ ।

व्यवसायीसंग द्धन्द्ध बढाएर भन्दा कर्जा सहजिकरणका वैकल्पिक उपाय अपनाएर अघि बढ्दा दुवै पक्षलाई राम्रो हुने संघको भनाई छ । समस्या समाधानको सहज बाटो हुँदाहुँदै पैसाको उठाउने नाममा वित्तिय संस्थाहरु अमानवीय र अवाञ्छित गतिविधिमा लागेको गुनासो आइरहेकोले त्यस्ता गतिविधि तत्काल बन्द नभए संघ चुप लागेर नबस्ने समेत संघले चेतावनी दिएको छ । विज्ञप्ती निकाल्नु अघि वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता थारु, वित्तीय संघसंस्थाका प्रमुख र सरोकारवालाको सहभागितामा संघले अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा ब्यवसायीले आफ्ना पीडा राखेका थिए भने वित्तयि संस्थाहरुले आफूहरु नियमअनुसार जाने भन्दै ब्यवसायीलाई टर्चर नगरेको बताएका थिए ।
यस्तो छ विज्ञप्ती

प्रकाशित : २३ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६