प्रदेश

जनता माध्यामिक विद्यालय लुम्बिनी प्रदेशकै अब्बलः सांसद पन्थी




हरि घिमिरे, २४ असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको जनता मध्यामिक विद्यालय लुम्बिनी प्रदेशकै अब्बल विद्यालय रहेको प्रदेश सांसद विष्णु पन्थीले बताएका छन् । सांसद पन्थीले जनता माविले आयोजना गरेको एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मान तथा बधाई कार्यक्रमलाई संम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले जनता माविको अझै शैक्षिक गुणस्तर वृद्धि गर्दै राष्ट्रकै एक नमुना विद्यालय बनाउन सबै लाग्नु पर्ने बताए । आफु जनता माध्यामिक विद्यालयलाई हरेक हिसाबले उत्कृष्ठ बनाउन सदैव लागि पर्ने बताए । उनले भने “कपिलवस्तुका एसईई पास गरेका कुल विद्यार्थी संख्या मध्य जनता माविका करिब ५० प्रतिशत विद्यार्थीले ए प्लस ल्याएका छन्, यो चान्ने चुन्ने कुरा होईन ।” यसर्थ यो भन्दा अगाडिका बर्षहरुको नतिजा हेर्दा पनि जनता माविको शैक्षिक गुणस्तर उच्च हुँदै गएको उनले बताए । विगतका वर्षदेखि ऐतिहासिक नतिजा हासिल गर्दै आएको जनता माविले २०७९ मा पनि सर्वोत्कृष्ट नतिजा प्राप्त गर्नुले विद्यालयलाई आगामि बर्षका लागी दवाव सिर्जना भएको उनको भनाई छ । पन्थीले तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा संचालन गरेको विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिदौं जनेमा विश्वास व्यक्त गरे । सांसद पन्थीले विद्यार्थीहरुका लागि कक्षा १२ सम्म पढ्नका निम्ती अब बुटवल, काठमाण्डौं जानु भन्दा जनता माविलाई रोज्नु पर्ने जनाए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले जनता माविले सोचे भन्दा धेरै विद्यार्थीलाई एसईईमा सम्मेलित गराएर राम्रो नतिजा पस्किन सफल हुनुले जिल्लाकै गौरव बढेको बताए । उनले अन्य जिल्लाले कपिलवस्तुलाई हेर्न दृष्टीकोण नै परिवर्तन भएको भान भएको जिकिर गरे । घिमिरेले कम जिपिए ल्याउने विद्यार्थी लाई हौसला थप्दै भने ‘कम जिपिए आयो भनेर निरास हुनु पर्दैैन, अझै कोसिस गर्नु पर्छ ।’ शिक्षा भनेको जिपिए मात्र हैन कति व्यवाहारीक छ, के गर्न सक्छ विद्यार्थीले भन्ने कुरा महत्वपुर्ण भएको उनको भनाई छ ।


यसैविच कार्यक्रममा विद्यालयका प्रद्यानध्यापक रमेश पन्थीले लुम्बिनी प्रदेशमा उत्कृष्ट छवि बनाएको जनताले आगामि बर्ष यो अझै उच्च नतिजा ल्यउन आफुहरुले अहिल्य देखी थालनि गरेको बताए । उनले कक्षा १० मा अध्यनरत विद्यार्थीलाई बाहना नगरी विद्यालय र शिक्षकले भनेका क्रृयाकलापमा सरिक हुन आग्रह समेत गरे । पन्थीले प्ले ग्रुपदेखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको दाबी गरे । उनले यस बर्ष ७० जना विद्यार्थीहरुलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएकोे बताए । उनले ६ जना विद्यार्थीले ३.९ जि.पि.ए प्राप्त गरेको बताए । विद्यालयका ९७ जनाले ए ग्रेड र अन्य सबै विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उत्तीर्ण हुन सफल पन्थीले बताए ।


कार्यक्रममा एसईई उत्तिर्ण २ सय ८६ जना विद्याार्थीलाई समारोहका विच सम्मान गरिएको छ ।


कार्यक्रममा जनता माध्यामिक विद्यालयका पुर्व विद्यार्थी मोहन विक्रम न्यौपानले विद्यार्थीहरुलाई कक्षा १२ सम्मको शिक्षा जनताबाटै लिन उचित हुने सल्लाह दिए । उनले आफुले जनता माविको शिक्ष जहाँ गएपनि भुल्न नसकिने रहेको बातए । उनले भने शैक्षिक क्षेत्रमा जनता माविको जस्तो वातावरण अन्य ठाँउमा नपाएको जिकिर गरे । आफुले वुटवल पढ्न जाने सोच बनाएका वेला जनतामा विज्ञान बिषय आउनु गर्वको कुरारहेको बताए । उनले जनता मावि बाट विज्ञान बिषय पास गरेको र एसईई उत्तिर्ण भाई बहिनीको पनि जनता बाटै भविष्य उज्वल हुने सुझाए । उनले भने “बाहिर भन्नु नाम मात्रै हो, यहाँको जस्तो उचित शिक्षा अन्त हुदैन, विकल्प नभए अलग कुरा हो ।”


कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डेको अध्यक्षता, बाणगंगा नगपालिकाका मेयर चक्रपाणि अर्याल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिम बहादुर जिसीको विशिष्ठ आतिथ्यता, विद्यालयका शिक्षक लक्ष्मी भण्डारीको स्वागत रहेको कार्यक्रमको सञ्चालन अंग्रेजी माध्यमका कोर्डिनेटर उज्ज्वल अधिकारीले गरेका थिए । कार्यक्रममा करि १ हजार विद्यार्थीको उपस्थिती रहेको थियो ।

प्रकाशित : २४ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६