तिलोत्तमा २५ असार । लुम्बिनी प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले प्रहरीसँग जनताको सहज पहुँच हुनुपर्नेमा जोड दिएका छन् । उनले २१ औं शताब्दीमा जनताले समाजको प्रहरी खोजेकाले प्रहरीलाई टाढा राखेर नहुने बताए ।आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको प्रदेश प्रहरी नियमावली र सुरक्षासम्बन्धी रणनीतिक योजनाको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले नागरिकको विभिन्न समस्या समाधान गर्न प्रहरी तत्पर रहेको बताए । प्रदेश प्रहरी र सुरक्षासम्बन्धी कानुन निर्माण गर्दा प्राप्त भएका सल्लाह–सुझाव लिपिबद्ध गरिने बताए ।उनले आफू रहेको मन्त्रालयले प्रहरी कार्यालयका लागि आवश्यक उपकरण, सामग्रीका उपलब्ध गराउनका लागि रकम उपलब्ध गराउने बताए ।
मन्त्री पाण्डेयले भने, ‘प्रदेशको औचित्य पुष्टि हुने गरी कानुन बनाउँछौं ।’ आगामी तीन महिनाभित्र प्रदेश प्रहरी भर्ना गरिनेसमेत उनले बताए ।विपद् र महामारीको बेला भने प्रहरीले मर्यादा खोज्न नहुने उनले बताए । उनले भने, ‘मर्यादा खोज्नुभन्दा मर्यादित बन्नुपर्छ । सहकार्य गरेर अघि बढ्नुपर्छ । प्रहरीलाई उपकरण, सामग्री उपलब्ध गराएर सुविधासम्पन्न बनाउन मन्त्रालय लागेको उनको भनाइ छ
२५ असार २०८०, सोमबार
प्रतिक्रिया