देश

मनाङ एयर हेलिकप्टर दुर्घटना : ६ जनाको शव फेला



काठमाडौं,२६ असार । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए। क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन्।दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका जीवन विकले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’दुर्घटनास्थलबाट ६ जनाको शव भेटिएको छ। शव कता पठाउने भन्नेबारे छलफल भइरहेको छ।

हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए। मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको ९ एनए- एमभी कल साइन नम्बर भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

प्रकाशित : २६ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६