प्रदेश

बिजयनगरले गर्यो नयाँकामको थालनी : भत्किएको पिसिसिको रकम घटाएर भुक्तानी




जानु पाण्डे

कपिलवस्तु २७ असार ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण सम्पन्न पछि भत्किएको पिसिसी ढलानको रकम कट्टा गरेको छ । उपभोक्ता समिति मार्फत देविपुर र डालपुर जोडने विसवा खोलामा कल्भर्टको स्ल्याव राख्न र दुवै छेउ पिसिसि गर्नका लागि पालिकाले ४ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो । निर्माण गरेको पिसिसि भत्किए पछि पालिकाले मुल्यांकन गरी २ लाख ६४ हजार ६२५ भुक्तानी दिएको बताइएको छ ।सामाजिक संजाल र मिडियामा मिथ्या सुचना फैलिएको छ ।

तर गाउँपालिकाले विग्रीएको कामको रकम कट्टा गरेको छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनु भयो । सो सडक गाउँपालिकाको वडा नम्बर ५ मा देविपुर कृषि सडकमा अन्र्तगत निर्माण गरिएको थियो । कल्भर्टको स्ल्याव निर्माण र पिसिसि ढलान गरिएको थियो ।वडाको करिव आधा दर्जन वस्तीका बालबालिकालाई विद्यालय सम्म पुग्ने बाटोमा कल्भर्ट नहुँदा सास्ती खेप्दै आएका स्थानीय कृष्ण पौडेलले बताउनु भयो । वर्षातको समयमा स्थानीय र स्कुले विद्यार्थीहरु फड्के बाट आउजाउ गर्नु पर्ने बाध्यता रहेको थियो । खोलाको दुवै छेउमा वाल निर्माण भए पनि स्ल्याव निर्माण भएको थिएन ।

प्रकाशित : २७ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६