ब्रेकिंग न्युज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतक वालकका परिवार बीच सहमति




दाङ ३० असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएको घटनापछि दुबै पक्ष बिच जारी बार्ता सहमतिमा निष्कर्षमा पुगेको छ ।शुक्रबार राती बेलुका अबेर सम्म चलेको बार्ता निष्कर्षमा पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार पिडित र अस्पताल पक्ष बिच घटनाको छानबिन गर्ने र घोराही ३ का वडा अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने सहमती भएको छ ।त्यस्तै पिडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्बपक्षिय समिती बनाई सहयोग संकलन गर्ने र त्यसका लागि घोराही उपमहानगरपालिकालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमती भएको छ ।

यसैगरेर पिडित परिवारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारका लागि आग्रह गर्ने दुबै पक्ष बिच सहमत बनेको छ । प्रहरीले शैक्षिक योग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने पनि सहमती भएको जनाएको छ ।त्यस्तै अबरुद्ध अस्पतालको सेवा सुचारु गर्ने पनि सहमति भएको छ । साथै बालकको पार्थिब शरिरको आफन्तले बुझीलिइ अन्त्येष्टि गर्ने र मृतकको उपचारको क्रममा लागेको सम्पुर्ण खर्च प्रतीष्ठानले बेहोर्नका लागि कार्यकारी परिषदमा सिफारिस गर्ने सहमती भएको छ ।

प्रकाशित : ३० असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६