खोज–अनुसन्धान

सुत्केरी महिलाकालागि नि शुल्क एम्बुलेन्स सेवा




गुल्मी ३१ असार । गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीण स्थल मादने गाउँपालिका वडा नम्बर– १ अग्लुङ्गले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।आगामी आर्थिक वर्षको साउन एक गतेदेखि लागू हुने गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको छ । आर्थिक हिसाबले विपन्न परिवारलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
आफूहरू नागरिकहरूको स्वास्थ्यप्रति सजग र गम्भीर रहेको बताउँदै त्यहाँ रहेको बुङ्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके छिमेकी जिल्ला प्युठानको बिजुवार लैजानुपर्छ । त्यहाँ पुग्न सवारी साधनमा झण्डै तीन घण्टाको यात्रा गर्नुपर्ने उहाँले बताउनुभयो ।सवारी साधन रिजर्भ गरेर लैजाँदा सात हजार रुपियाँ भन्दा बढी खर्च हुन्छ । अन्यत्र लैजानुपर्ने भएमा पनि वडा कार्यालयबाट यातायात खर्च उपलब्ध गराइने भएको वडा अध्यक्ष चन्दले बताउनुभयो ।

प्रकाशित : ३१ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६