अर्थ-वाणिज्य

पालिकाले पूजीगत बजेटको ९० प्रतिशत खर्च गर्यो



दाङ ३१ असार । दाङको राप्ती गाउँपालिकामा गत आवको असार मसान्त सम्ममा पूजिगत बजेट ९० प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरिएको छ । पालिकाले आर्थिक वर्ष २०७९र०८० को कुल बजेटको ८७ प्रतिशत बजेट खर्च गरेको छ । भने १३ प्रतिशत बजेट नआउँदा खर्च हुन नसकेको हो ।कुल ७२ करोड २२ लाख २४ हजार बजेट मध्ये ८७ प्रतिशत अर्थात ६२ करोड ७३ लाख ४२ हजार ६ सय ४७ रूपैयाँ बजेट खर्च गरेको छ । त्यस्तै ९ करोड ४८ लाख ८१ हजार ३ सय ५२ रूपैयाँ ८५ पैसा खर्च गर्न सकेन । भने १ करोड ५७ लाख ७७ हजार ७९ रूपैयाँ १३ पैसा फ्रिज भएको छ ।
चालू तर्फ कुल ४७ करोड ६९ लाख ३५ हजार मध्ये ४० करोड ६९ लाख २९ हजार अर्थात ८५.३२ प्रतिशत बजेट खर्च भएको राप्ती गाउँपालिका लेखा अधिकृत धनप्रसाद शर्माले जानकारी दिएका छन् । पुँजीगत तर्फ कुल २४ करोड ५९ लाख ३८ हजार रकम मध्ये २२ करोड ३ लाख २१ हजार अर्थात ९० प्रतिशत बजेट खर्च भएको लेखा अधिकृत शर्माले जानकारी दिएका छन् ।यस्तै संघ र प्रदेशबाट आएको कुल ३३ करोड ११ लाख ५४ हजार ५ सय ५३ रूपैयाँ मध्ये ३१ करोड ५३ लाख ९१ हजार ५ सय ९७ रूपैयाँ अर्थात ९५।२४ प्रतिशत बजेट खर्च भएको छ । भने १ करोड ५७ लाख ६२ हजार ९ सय ५६ रूपैयाँ अर्थात ४।७६ प्रतिशत बजेट फ्रिज भएको लेखा अधिकृत शर्माले जानकारी दिएका छन् ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६