अर्थ-वाणिज्य

सबै बिद्यालयका शिक्षकलाई ल्यापटप वितरण




दाङ १ साउन । दाङको राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन थालेको छ ।परम्परागत शैलीमा सञ्चालन भएका र हस्तलिखित माध्यमबाट शैक्षिक अभिलेख राख्दै आएका विद्यालय र प्रधानाध्यापकहरूलाई प्रविधि सँग जोड्न गाउँपालिकाले शिक्षकहरूलाई कम्प्युटर बेशिक तालिम दिनुका साथै अधिकांश विद्यालयहरूमा गाउँपालिकाले कम्प्युटर, प्रिन्टर समेत उपलब्ध गराईसकेको छ । यसै क्रममा राप्ती गाउँपालिकाको २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले गत आइतबार एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकलाई एक÷एक थान ल्यापटप वितरण गरेको हो ।
गाउँपालिकाले सञ्चालन गरेको कम्प्युटर तालिम लिन पाउँदा शिक्षकहरू समेत खुसी भएका छन् । रजिष्टरमा अभिलेख तथा अन्य शैक्षिक क्रियाकलाप राख्दै आएकोमा ल्यापटप पाउँदा अझ सहज भएको प्रधानाध्यापक राजेन्द्र चौधरी र बासुदेव ज्ञवालीको भनाई रहेको छ । गाउँपालिका भित्र शिक्षक तथा शैक्षिक गतिविधिलाई प्रविधि मैत्री बनाउन, स्कूलको तथ्यांक, अभिलेखलाई डिजिटल रुपमा सुरक्षित राख्न र विद्यालयको नेतृत्वलाई प्रविधिमैत्री बनाउन थालिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको भनाई रहेको छ ।
प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र संघको विशेष अनुदानबाट ल्यापटप वितरण गरेको हो । सो कार्यक्रमको लागि प्रदेशबाट ९ लाख ५० हजार र संघबाट ९ लाख ९९ हजार रुपैयाँ बजेटबाट ल्यापटप खरिद गरिएको थियो । गाउँपालिकामा २७ वटा सामुदायिक र १८ वटा संस्थागत गरी ४५ वटा विद्यालय सञ्चालनमा रहेका छन् । जस अनुसार सामुदायिक विद्यालयमा ९ हजार २३० र संस्थागतमा ६ हजार २८७ गरी १५ हजार ५१७ जना विद्यार्थी अध्ययनरत छन् । राप्ती गाउँपालिकाले जस्तै अन्य पालिकाले पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन सक्ने हो भने विद्यालयको गुणस्तरमा समेत सुधार हुने देखिन्छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६