ब्रेकिंग न्युज

खुतखुतेको चिनारी ,बेतवासका सामाग्री




जानु पाण्डे
कपिलवस्तु ३ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको खुतखुते सामुदायिक वनले वेतबाँसको सामाग्री बनाउने उद्योग सञ्चालन गरेको छ । स्थानीय विपन्नलाई उद्यमी बनाउनको लागि वडाको भर्लावास टोलमा ७ लाख ७० हजारको लागतको उपकरण खरिद गरी उद्योग सञ्चालन गरिएको छ । एक वन एक उद्यम विकास कार्यक्रम अन्तर्गत परम्परागत सिपमा आधारित उद्यम सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष भीम बहादुर पुनले बताउनु भयो ।उद्योगबाट बाँसको चोयाबाट निर्माण हुने डोको, नाङ्लो, डालो, मान्द्रो लगायतका सामाग्री निर्माण हुने छ । स्थानीय सिपको संरक्षण गर्दै बिस्तारै लोप हुने लागेका परम्परागत सामाग्री निर्माणले विपन्न समुदायको जीवन स्तर उकास्न सकिने हुनाले कार्यालयले सहयोग गरेको डिभिजनल वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताउनु भयो । वन कार्यालयले २ लाख ३० हजार रुपैया अनुदान स्वरुप प्रदान गरेको छ ।
उद्योग सञ्चालनबाट ३० विपन्न घरधुरी लाभान्वित हुने बताइएको छ । बाँसको चोया काट्नका लागि दुई उपकरण खरिद गरिएको छ । ति उपकरणले बाँस चिर्ने, बाँसबाट चोया निकाल्न प्रयोग हुने छन् । उपकरण प्रयोग गरी चोया बनाउँदा उत्पादन गर्ने क्षमतामा दोब्बर वृद्धि हुने बताइएको छ । उद्योगमा आवश्यक पर्ने बाँस उत्पादनका लागि खोलाका छेउमा बृक्षारोपण गर्ने बताइएको छ । खोलाको छेउमा बास लगाउँदा भूक्षय नियन्त्रण भई नदी कटानबाट जोगिने र उद्योगको लागि कच्चा पदार्थ उत्पादन हुने छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६