अर्थ-वाणिज्य

उद्योगमा भएको दुर्घटनामा १३ मजदुर घाइते : धरापमा परे २ महिला

सिजी सिमेन्ट कम्पनीभित्र दुर्घटना




पाल्पा ५ साउन ।पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्रको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधबार बेलुकी पौने ४ बजेतिर सिजी सिमेन्ट कम्पनीमा इटा वारपार गर्न बनाइएको चेन चुँडिदा १३ फिट माथिबाट खसेर १३ जना कामदार घाइते भएका हुन् ।घाइते हुनेमा रैनादेवी छहरा– ३, का पदम सोमै, सोही स्थानका चिन्तबहादुर डंगोल र भुवनपोखरीकै सुमन नेपाली रहनुभएको छ । यस्तै नवलपरासी सुनवलका लिलबहादुर गुरुङ्, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहनुभएको छ ।
घाइतेहरूको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर र केहीको अवस्था मध्यम् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । अधिकांश उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । १३ जनामध्ये तीन जना भने उपचार नगरी घरतर्फ लागेको बताइएको छ । तर कसरी चुँडियो भन्ने अनुसन्धान भइरहेको छ ।
यता तानसेन–७, लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी दुई जना महिला गम्भीर घाइते भएका छन् । मकै जोगाउन बाँदरलाइ स्थानीय सोम आलेको बारीमा थापिएको विद्युतीय धरापमा परी दुई जना महिला घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय ३१ वर्षकी विजिता आले र ३८ वर्षकी तिलु थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । बुधबार दिउँशो पौने ४ बजेतिर बारीमा घाँस काट्न जाने क्रममा उनीहरू धरापमा परेको उहाँले बताउनुभयो ।घाइते दुबैको अवस्था गम्भीर रहेको र हाल लुम्विनी मेडिकल कलेज प्रभासमा उपभार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनि थापाले जानकारी दिनुभयो ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६