ब्रेकिंग न्युज

नेपाल प्रेस युनियन कपिलवस्तुको सभापतिमा चापागाईँ निर्वाचित



कपिलवस्तु, ०५ साउन । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन कपिलवस्तुको सभापतिमा पत्रकार खग प्रसाद चापागाइ निर्वाचित भएका छन् । शुक्रबार भएको १२ औं साधारणसभा तथा ७ औं जिल्ला अधिबेशनबाट चपागाइको सभापतित्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको हो ।

नव गठित समितिको उप सभापति खुला तर्फ गणेश पोख्रेल र महिला तर्फ आशा अर्याल चयन भएका छन् भने समितिको सचिवमा कृष्ण गैरे , सह सचिवमा शुस्मा गुरागाई र पुजा गुप्ता र कोषाध्यक्ष वृजेश जयसवाल चयन भएका छन् । यसबाहेक नेपाल प्रेस युनियन कपिलवस्तुको नयाँ कार्यसमितिको सदस्यमा त्रमशः सम्भु सैनी, भानु मरासिनी, विनय चौवे, दुर्गा अर्याल लगाएत रहेका छन् ।

यसैबिच नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको १२ औं साधारणसभा तथा ७ औं जिल्ला अधिबेशनको अवसरमा स्वर्गीय गिरिजा प्रसाद स्मृती पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । शाखाका संस्थापक उपसभापति लक्ष्मण पन्थि, शाखा उपसभापति किरणमान बज्राचार्यलाई सम्मान गरिएको छ भने स्वर्गीय प्रमोदराज शर्मा स्मृति पुरस्कारबाट रमेश मिश्र र अनिल मालीलाई पुरस्कार प्रदान गरिएको नेपाल प्रेस युनियनका नव निर्वाचित शाखा अध्यक्ष चपागाइले जानकारी दिएका छन् ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६