अर्थ-वाणिज्य

अनुदानको मल किसानले पाउनै सकस : ब्लेकमा जतिपनि पाइन्छ पसल पसल




कपिलवस्तु ५ साउन । कपिलवस्तुमा अनुदानको मल कृषकले पाउन मुस्किल हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । अनुदानको मल सहकारीमार्फत वितरण भए पनि सहकारीकै पदाधिकारीले आफ्ना नजिकका वा नातेदारबाहेक कसैले सहज रूपमा प्राप्त गर्न नसकेको कृषकहरू बताउँछन् ।कपिलवस्तु नगरपालिका–६ का कृषक जनार्दन यादवका अनुसार सामग्रीले वितरण गर्दै आएको मल सर्वसाधारण किसानलाई पाउन धेरै मुस्किल भएको बताउनुभयो ।
सरकारले दिएको अनुदानको मल एग्रोभेटहरूले डिएपीको तीन हजारदेखि तीन हजार आठ सयसम्म लिने गरेको कृषक बताउँछन् । कपिलवस्तु नगरपालिका–६, थुम्हवाका राममिलन धोबीका अनुसार अनुदानको मल नपाएर भारतीय बजारबाट चर्को मूल्यमा किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेत रोपेर एक साता बितिसक्यो तर मल पाउने कुनै छाँटकाँट नदेखेपछि भारतबाट आयात गरिने मलखाद खरिद गरेको हो ।”कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाका प्रमुख नरहरि पोखरेलका अनुसार सामग्रीमा आएको मल सहकारीमार्फत वितरण गर्दै आएको बताउनुभयो ।

उहाँले सोमबारदेखि केन्द्रीय परिपत्र अनुसार अर्को आदेश नआएसम्म जिल्लामा मलखादको बिक्रीवितरण बन्द गरिएको बताउनुभयो । तौलिहवा शाखाले १५४ सहकारीमार्फत अनुदानको मल बिक्रीवितरण गर्दै आएको उहाँले बताउनुभयो । यहाँ वार्षिक रूपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुने गरेको छ ।कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाले जिल्लाको कपिलवस्तु, वाणगङ्गा नगरपालिका, शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिका हेर्ने गरेको छ ।
अनुदानको मल सहकारीलाई कृषि सामाग्री र साल्टट्रडिङले पालिकाको सिफासिर अनुसार पालै पालो गरेर मल दिने गर्छन । त्यो मल सहकारीले आफना सदस्यलाई उपलब्ध गराउनु पर्ने प्रावधान छ । तर जिल्लामा मल कै कारोवारकालागि अधिकांस कृषि सहकारी दर्ता भएका छन । सहकारीको अध्यक्ष कै मलमा समते हालीमुहाली हुने गरेको छ । आफुलाई चाहिने जति सहकारीका अध्यक्षले मल घरमा राखेर बाकी डिलर र बढी पैसा दिनेलाई बेच्ने गरेको सहकारीकै पदाधिकारी बताउछन । श्रोत अन्ुसार सहकारीका केही अध्यक्षले त मल कै कारोवारकालागि आफनो सबै कागजातह समेत केही पैसा लिएर अनुदानको मल कालोबजारी गर्नेलाई बचेका छन ।
जिल्लास्तीयर नेता, नाम चलेका ब्यक्तिहरुले समते बषौ देखि सहकारी मल दुरुपयोग गर्दै आएका छन । तर यसको नियन्त्रणमा भने कसैले चासो नलिएको कृषकहरु ग्ुनासो गर्छन । कृषकहरु मलकालागि दौडधुप गरिहेका बेला जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगंज लगातयका जिल्लाका अधिकांस डिलरहरुको पसलमा अहिले पनि अनुदानको मल बढी मुल्यमा किन्न पाईन्छ । डिलरहरुले पसल भित्र लुकाएर मल राख्ने गरेका छन । युरियाको प्रति क्युन्टल १६ सय ८ र डिएपीको ४५ सय ८० रुपैया प्रति क्यु्न्टल किनेर सहकारीले भाडा बापतको केही रकम जोडेर सदस्यहरुलाइृ बेच्नु पर्ने प्रावधान छ । तर अध्यक्षले प्रति बोरो २ सय देखि ५ सय सम्म बढी लिएर बेच्ने गरको छन ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६