खोज–अनुसन्धान

शिवराज अस्पतालमा २४ घण्टे प्रसुती सेवा




जानु पाण्डे
कपिलवस्तु ५ साउन ।कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा शुभारम्भ भएको छ । नगर प्रमुख अजय थापाले शुक्रवार रिवन काटेर समुद्घाटन गर्नु भएको छ । नगर पालिकामा घरमा प्रसुति शुुन्य गराई गर्भावती आमा र शिशु मृत्युदर न्यून गर्न प्रसुति सेवा संचालन गरिएको नगर प्रमुख थापाले बताउनु भयो ।आधारभूत अस्पतालमा सेवा थप भए पर्छि पालिकामा प्रसुति सेवा संचालन हुने छैठो संस्था बनेको छ । यस अगाडी शिवपुर, विरपुर , चनई , थुन्हिया, शिवगडी स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन रहेको नगर उप–प्रमुख शिवकुमारी थारुले बताउनु भयो । अस्पतालमा ४ वेडको उत्तर प्रसुति कक्ष र २ वेडको पूर्व प्रसुति कक्ष रहेको अस्पतालका प्रमुख लेखनाथ पौडेलले बताउनु भयो ।
अस्पताल सञ्चालनका लागिपालिकाले २ मेडिकल अफिसर, १ रेडियो ग्राफर सहित ७ जना स्वास्थ्यकर्मीको दरवन्दी थप गरेको छ । स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पालिकाले आन्तरीक आम्दानीबाट बजेट विनियोजन गरेको छ । आधारभूत अस्पतालमा ओपिडी सेवा, ,मुटुको जाँच गर्न इसिजी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, प्रयोगशालासेवा समेत सञ्चालनमा रहेको छ । अस्पतालले एक महिना भित्र सुरक्षित गर्भ पतन सेवा समेत सुचारु गर्ने तयारी गरेको अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेको वडा नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनु भयो ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६