खोज–अनुसन्धान

अनेरास्ववियुले लोक सेवा आयोगलाई बुझायो ४ बुदे माग



काठमाडौँ६ साउन । अनेरास्ववियु केन्द्रिय समितिले मङ्गलवार लोक सेवा आयोगलाई चार बुँदै लिखित माग बुझाएको छ। अनेरास्ववियुले लोक सेवा आयोग संवैधानिक अङ्गको भएकोले आयोगको प्रथम दायित्व प्रत्येक नागरिकलाई आर्थिक रूपमा भार नपर्ने गरी सामेल गराउनुपर्ने माग गरेको छ।त्यस्तैगरी लोक सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम तथा परीक्षण विधिबारे युवाहरूको पहुँचमा पुर्‍याउनुपर्ने, लोक सेवा परीक्षाको तयारी गराउने उद्देश्य राखेर खोलिएका निजी इन्स्टिच्युटहरूलाई नियमन गर्नुपर्ने र केही समय अगाडी लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको डाटा हराएको भन्ने आएकोले आवश्यक सतर्कता अपनाउन माग गरेको छ। लोक सेवा आयोगले फारम दस्तुर १ हजार ५ सयसम्म राखिएको भन्दै यो प्रावधानले गरिब, बेरोजगार युवाहरूलाई लोक सेवा परीक्षाको फारम भर्न निरुत्साहित गरेको उल्लेख गरेको छ। त्यसैले अनेरास्ववियू लोक सेवा आयोगलाई सरकारसँग आवश्यक बजेट माग गरेर परीक्षा दस्तुरको सम्बन्धमा निःशुल्क हुने निर्धारण गर्न आयोग समक्ष माग गरेको जनाएको छ। आम युवालाई पनि आफ्नो विषयगत ज्ञानका आधारमा लोक सेवा आयोगको परीक्षामा समावेश हुन प्रेरणा मिल्ने गरी परीक्षा प्रणाली र विधिमा अन्तराष्ट्रिय प्रचलन अनुसार वैज्ञानिक ढङ्गले परिमार्जन गर्नुपर्ने अनेरास्ववियुले माग गरेको छ।

प्रकाशित : ६ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६