रुपन्देही ७ असार । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते हुने भएको छ ।शनिबार बुटवलमा भएको प्रदेश कमिटीको सचिवालय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।बैठकले सदस्यता नवीकरणका लागि यही साउन १२ गतेसम्म सक्ने र त्यसको प्रमाणि प्रतिलिपि केन्द्रमा पठाउने, प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई राखेर साउन १३ र १४ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने र पार्टीको नियमित प्रशिक्षणका लागि स्कुल संचालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय भएको कंडेलले बताए ।
१३ र १४ गते हुने जनप्रतिनिधि प्रशिक्षणमा प्रदेशबाट संघ तथा प्रदेशमा रहेका सांसदहरु, स्थानीय तहमा रहेका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु रहनेछन् ।प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी कमिटीलाई चलायमान बनाउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी थिइन् ।उनले अहिले बनाएको कार्यतालिका र जिम्मेवारी अनुसार समयमै कार्यसम्पादन गर्न निर्देशन दिएकी छन् ।बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, १२ वटै जिल्लाका अध्यक्ष तथा इन्चार्जहरु सहभागी रहेका थिए ।
७ श्रावण २०८०, आइतबार
प्रतिक्रिया