गण्डकी

बडिघाट भिमगिठेका प्रहरी ईन्चार्जलाई होटलवाला आमा छोरा मिलेर हत्या गरेको खुलासा



गुल्मी, १० साउन । सोमबार बाग्लुङ्गको एक होटलम मृत फेला परेका ईप्रका भिमगिठेका ईन्चार्ज बरिष्ठ प्रहरी नायव निरिक्षक उज्वल पौड्याललाई सोही होटलका आमा छोरा मिलेर हत्या गरेको खुलासा भएको छ । बडिगाड गाउँपालिका–६ खाला बजारस्थित आशा होटल एण्ड खाजा घरकी संचालक ५१ बषीया आशा कुवर र उनका २० बर्षीय छोरा विनोद कुँवरले हत्या गरेको खुलासा भएको हो । झ्यालको पर्दाले घाँटी कसेर हत्या गरी मृतकको घाँटीको सिक्रि समेत र्याकमा लुकाई राखेका ती आमा छोरालाई बुधबार जिल्ला प्रहरी कार्याल बाग्लु्ङ्गले सार्वाजानिक गरेको छ ।

पक्राउ परेका आमा–छोराले घाँटी कसेपछि लात्ती मुक्काले प्रहार गरि हत्या गरेको स्विकार गरेको र आज अदालतमा म्याद थपी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गका सुचना अधिकृत डिएसपी मदन केसिले जानकारी दिए । पौडेल सोमबार राती करिव साढे ८ बजेको समयमा अर्कैको बाइकमा त्यस होटेलमा आएको र उनलाई छाडेर बाइकवाला फर्केको बताइएको छ। प्रहरिले अन्य विषय खोलेको छैन । हत्यापछि आशाका छोरा बिनोदले झुन्डिएर मरेको मन्चन गर्न पर्दाको घाँटीमा पासो लगाइ बचाउनका लागि आफूले काटेको त्यस वडाका अध्यक्ष बिरबहादुर खत्रीलाई फोन गरेर सुनाएको बताइन्छ । राती १२ बजेर ३८ मिनेट जाँदा बिनोदले मलाई फोन गरेर भन्दै थियो ‘भित्र कोठामा मेरो मम्मीसँग त्यो असइ साव बसेको देखेपछि ढोकाको चुक्कुल लगाइ दिएको हुँ । पछि झुण्डिएको देखेपछि पासो काटेको हुँ ।’

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६