प्रदेश

शिवराजमा निःशुल्क शिक्षाको प्रभावः विद्यार्थी भर्नामा सिन्डिकेट



कपिलवस्तु, १० साउन ।
महारजगंज नगरपालिका पडरीयाका महेन्द्र यादव भाइलाई कक्षा ११ मा भर्ना गराउन नेपाल आदर्श मावि शिवपुरमा पुगे । शिक्षा सङ्काय बाट गणित विषयमा अध्ययन गराउने उद्देश्यले विद्यालय पुगेको यादवको सपना पुरा हुन सकेन । ‘शिवराज बासी नभएकै कारणले नेपाल आदर्श पढाउन नपाउनुमा म दुखित छु, यादव भन्छन् ‘भर्ना गर्न गएको शिवराज बाहिरका विद्यार्थीहरू भर्ना लिइँदैन भनेपछि फर्किए, ।

यादव जस्तै विजयनगरकी कुसुम पाठक पनि बहिनीलाई भर्ना गर्न नेपाल आदर्श पुगिन् । अन्य विद्यालय भन्दा नेपाल आदर्श मा राम्रो पढाइ हुने भएकोले बहिनीलाई कक्षा ११ मा गराउन गएकी पाठक भर्ना नभएपछि फर्किएकी छिन् । ‘बहिनीलाई भर्ना गराउन सरलाई आग्रह गरेकी छु, अहिले नगर बाहिरकालाई भर्ना नगराउनु भन्ने आएको छ, केही दिन पछि आउन भन्नुभयो, पाठकले भनिन् ।


यादव र पाठक जस्ता धेरै अभिभावकहरू भर्ना नभएपछि फकिएका छन् । निःशुल्क शिक्षाले विद्यार्थीहरूले राजेको ठाउँमा पढ्न पाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा समेत चर्का बहस भइरहेको छ । पढ्न पाउनुपर्ने विद्यार्थीहरूको अधिकार हो । आफूले चाहेको ठाउँमा इच्छाएको विषय पढ्न विद्यार्थीहरू नेपालमा मात्र हैन विदेश समेत धाउने गर्दछन् । शिवराज नगरपालिकाले कक्षा ११ मा नगर भन्दा बाहिरका विद्यार्थीहरूलाई भर्ना गरेको छैन । गुणस्तरीय शिक्षामा पहिचान बनाएका विद्यालयमा विद्यार्थी पढ्न आउनु स्वाभाविक हो । तर सामुदायिक विद्यालयले विद्यार्थीहरूलाई भर्ना नगरी फर्काएको छ ।

अधिकांश विद्यार्थीहरूको रोजाइमा परेको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयले विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका महाराजगंज नगरपालिकाका विद्यार्थीहरूलाई भर्ना नगरिएको गुनासो गरेका छन् । विद्यार्थी नियमित रूपमा आउने गरे पनि नगरबाहिरका विद्यार्थी भर्ना नगर्ने भनिएकोले भर्ना नगरिएको विद्यालय प्रशासनले जनाएको छ । शिक्षा समितिले नगर बाहिरका विद्यार्थीहरूलाई भर्ना नगराउने निर्देशन गरेको बताइएको छ ।

विगतमा मासिक शुल्क लिएर अध्यापन गराउँदै आएका विद्यालयलाई अहिले सीमित स्रोत साधन दिने भएकोले विद्यार्थी चाप बढाउन चाहेका छैनन् । मुलुककै १२ औ स्थानमा परेको नेपाल आदर्श माविले नगरबाहिरका विद्यार्थीहरूलाई भर्ना गराउन नपाउनु दुख कुरा रहेको नेपाल आदर्श माविका अध्यक्ष नरेन्द्रमान केसीको भनाई छ । उहाले सबै विद्यार्थीलाई पढन पाउने बाताबरण सिर्जना गर्न सम्बन्धित निकाय सग छ्लफल गर्ने बताउनुभयो ।

नगरपालिकाले यसै वर्ष देखि माध्यमिक तह सम्म निःशुल्क शिक्षा लागु गरेको छ । निःशुल्क शिक्षा लागु गरेपश्चात् गुणस्तरीयता खस्किएको भनेर आलोचना समेत हुँदै आएको छ । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले जुनसुकै पालिकाको भएपनि विद्यार्थीहरुले पठन पाउनेअधिकार रहेको बताउनुभयो । पालिका बाहिरको भनेर निशुल्क शिक्षाले विभेद गर्न नमिल्ने भन्दै भर्ना नगरेको भन्ने विषयमा आफ्नो ध्यानकर्षण भएको बताउनुभयो ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६