अर्थ-वाणिज्य

श्रोत नखुलेको ४८ लाख सहित पक्राउलाई राजश्व अनुसन्धानमा पठाइयो




कपिलवस्तु १० साउन । कपिलवस्तु नगरपालिकास्थित नयाँटोलबाट स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन्।मंगलबार साँझ सवा ६ बजेतिर ४७ वर्षीय सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीसँग कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो ।

स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अवैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए ।पक्राउ परेका गुप्तालाई थप अनुसन्धान गर्न बरामद पैसासहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६