कृषि

खाने घ्यू पनि नक्कली : बरामद गरी नष्ट




तानसेन ११ साउन । मिसावट गरेर उपभोक्तालाई घ्यू बिक्री गरेको भेटिएपछि त्यसलाई जफत गरी नष्ट गरिएको छ । घ्यूभन्दा अन्य पदार्थ मिसावट गरेर लेवलिङ् नगरी बिक्री गरिएको घ्यू जफत गरी नष्ट गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।तानसेन बजारका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा लेवलिङ् नगरिएको ३८ किलो घ्यू नष्ट गरिएको हो । उक्त घ्यूमा अन्य चिल्लो पदार्थ मिसावट गरिएको खाद्य तथा गुणस्तर डिभिजन कार्यालय पाल्पाले जनाएको छ । चीनबाट काठमाडौँ हुँदै पोखरासम्म ल्याइएको उक्त घ्यूमा अन्य पदार्थ मिसावट गरी विभिन्न स्थानमा लैजान गरिएको स्रोतले जनाएको छ ।
पोखरामा मिसावट गरी शुद्ध घ्यू भनी मानिसलाई बिक्री गर्न लगाइएको स्रोतले जनायो । यसको जाँच गर्दा समेत घ्यूमा २० प्रतिशत अन्य पदार्थ मिसावट गरिएको भेटिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । जफत गरिएको घ्यू पाल्पाको ग्रामीण भेगबाट ल्याइएको भनिएपनि उक्त घ्यू पाल्पाका ग्रामीण भेगबाट नभई पोखराबाट आउने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६