खोज–अनुसन्धान

शिक्षामा अपेक्षित सुधारसंगै विकास भएको छ तर यतिले पुग्दैन : मेयर अर्याल




भगवती न्यौपाने
कपिलवस्तु ११ साउन । वाणगंगा नगरपािलका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक माध्यमिक शिक्षा लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रअ,वडाअध्यक्ष एवं शिक्षा समितिका पदाधिकारीहरुको संयुत बैठक र नगरको शैक्षिक गतिविधि सुशासनका सम्बन्धमा अन्तक्रिया कार्यक्रम नगरमा विहिबार सम्पन्न भएको छ ।कार्यक्रमा नगर प्रमुख चक्रपाणी अर्यालले नगरमा शिक्षाको विकास अपेक्ष्ँित रुपमा भएको बताउनु भयो । समाज परिवर्तनको प्रमुख मेरुदण्ड शिक्षा भएको बताउदै गुणस्तर शिक्षामा नगर लागि परेको, बताउनु भयो । कार्यक्रमका अध्यक्षता तथा शिक्षा समितिका संयोजक समेत रहनु भएका नगर प्रमुख अर्यालले शिक्षा सुधार गर्न शिक्षक,व्यवस्थापन समिति र अभिभावको समन्वय अति आवश्यक रहेको बताउदै शिक्षा गुणस्तर राम्रो बनाउन प्रतिवद्धता बनाएर ल्याउन आग्रह गर्नु भयो ।


शिक्षा शाखा प्रमुख खिमबादुर जिसिले अझै पनि कपियले विद्यालयमा शैक्षिक सामाग्री प्रयोग नगरेको बताउनु भयो । शिक्षामा गुणस्तर सुधार गर्न शिक्षक पनि जिम्मेवार हुनु पर्ने बताउदै सामुदायिक विद्यालयका अभिभावकले छोराछोरिको शिक्षा प्रति विशेष ध्यान दिनु पर्ने बताउनु भयो । वडा नम्बर ४ का वडाअध्यक्ष छविलाल रेश्मी मगरले विद्यालयले होमभिजिट गर्दा जनप्रतिनिधिलाई पनि लौजानु पर्ने धारणा राख्दै नगरका वडा भित्र रहेका विद्यालयले वडा सँग अन्तरसंवाद गर्नआवश्यक रहेको तर्क गर्नु भयो ।
यस्तै कार्यक्रममा नगरका सामुदायिकका विद्यालयका प्रअहरुले शिक्षामा गुणस्तर सुधार गर्न बालविकास देखि नै शिक्षामा ध्यान दिनु पर्ने बताउनु भयो । शिक्षालाई अगाडि बढाउन विद्यालय शिक्षक,व्यवस्थापन समिति, अभिभावक र नगर सबैको दात्वि भएको बताउदै कार्यनयन पक्षमा जोड दिनु पर्ने बताउनु भयो । यस्तै शैक्षिक हव बन्दै छ भनिरहदा जिल्लाका विद्यार्थि जिल्ला बाहिर गएको अवस्था रहेको बताउदै नगरको शैक्षिक प्राणीलाई अगाडि बढाउन सबैको प्रतिबद्धता आवश्यक रहेको स्पष्ट पार्नु भयो ।
यता विद्यालय व्यवस्थापन समितिहरुले सरकारी विद्यालयमा पढाउने शिक्षक, कर्मचारी, जनप्रतिनिधिका आफ्ना छोराछोरिलाई पनि सरकारी विद्यालयमा नै पढाउनु पर्ने धारणा राख्दै नगरले शैक्षिक नीति बनाएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । कतिपय विद्यालयमा विषयगत शिक्षक नभएको र कतिपय विद्यालयमा राजनीति भएको समेत बताउनु भयो । शिक्षामा गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमम शिक्षा लागू गर्नु पर्ने ,नगरका जनप्रतिनिधि प्रत्येक विद्यालयमा अनुगमन गर्न आग्रह गर्नु भयो ।
राम्रो काम गर्नेलाई प्रोसाहान र नराम्रो गर्नेलाई दण्ड सजाय समेत हुनु पर्ने समेत बताउनु भयो ।कार्यक्रममा नगरका उपप्रमुख रिताकुमारी थारु, नगरका प्रमुख प्रशसकिय अधिकृत खिमानन्द भुसाल,वडासदस्यहरु कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे,प्रअ, विद्यालय व्यवस्थापन समिति लगायत पत्रकार समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६