अन्तर्राष्ट्रिय

बिहारी मजदुर नआउदा कपिलवस्तुमा रोपाई प्रभावित




कपिलवस्तु ११ साउन ।मजदुरहरुको अभाव भए पछि कपिलवस्तुमा धान रोपाईकालागि जिल्लामा भारतबाट समेत मजदुरहरु ल्याईने गरिएका छन । समजदुरहरुको अभाव पछि कृषकहरु भारतको बिहारबाट रोपाहार ल्याउने गरेका हुन मजदुरको अभाव भए पछि जिल्लामा रोपाई प्रभावित भएको छ । कृषकहरु धान रोपाइृका लागि रोपाहा मजदुरको अभाव भए पछि झन समस्यामा परेका छन् । जिल्लामा मजदुरको अभाव भए पछि भारतको बिहार, उत्तरप्रदेश, छिमेकी जिल्ला दाङ लगायतका स्थानबाट रोपाहाहरु ल्याईने गरिएको कृषकहरु बताउछन । कृषकहरु भारत तथा अन्य जिल्लाबाट रोपाहर ल्याउन बाध्य भएका हुन् ।खासगरी बढी खेत भएका कृषकहरु खेताला नपाइर्ए पछि चिन्तित भएका छन् ।
रोप्न तयारी गरे पनि मजदुर अभावले काम रोपाई रोकिएकोले बिहार स्थित पश्चिमी चम्परानबाट रोपाहा ल्याएको बताए । १५ ल्याएर आफनो ३० बिघा खेतमा रोपाई शुरु गरेको कपिलवसतुको यशोधरा गाउपालिका वडा नम्बर ३ बसन्तपरूका रमेश मिश्राले खेतालाको खोजी गर्दा हैरान भएको बताए । धानी रोप्न तयारी गरे पनि मजदुर अभावले काम रोपाई रोकिएकोले त्यहाबाट रोपाहा ल्याएको ६ सय देखि ७ सय दैनिक ज्याला, दुई टाईम खना र नास्ता, बस्ने सुबिधा दिए पछि मात्र जिल्लाका मजदुरहरुले काम गर्न मान्ने गरेकोले भारतबाट मजदुर मगाउनु परेको उनले बताए । उनले दैनिक ३ सय भारुमा भारतबाट रोपाहा मगाएका थिए । जिल्लाको खेतीयोग्य जमीन ८३ हजार हेक्टर मध्ये ७१ हजार ५ सय र हेक्टरमा धान खेती गरिन्छ । यहाँ राधा चार, सावाँ मन्सुली, गोल्डेल मन्सुली, लोकनाथ, गोरखनाथ,साबित्री लगायत जातका धान रोपिने गरिएको छ ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६