कपिलवस्तु १४ साउन।सरकारले आफुहरुको माग सम्बोधन नगरको भन्दै कपिलवस्तु सहीत देशैभरी का निर्माण व्यवसायील आन्दोलनमा उत्रिएकाकका छन । सो क्रममा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा धर्ना दिएका छन । निर्माण व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सरोज कुमार अर्यालको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको मुख्य प्रवेशद्धारमा १ घण्टा धर्ना दिएको हो । देशैभरका निर्माण व्यवसायी सबै निर्माण कार्यको भक्तानी हुनु पर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेश संशोधन गरि सम्पुर्ण आयोजनाको एकमुष्ट रुपमा म्याद थप गर्न पर्ने पुनः आदेश जारी गर्नु पर्ने र अत्यधिक, अप्रत्याशित रुपले भएको मुल्यबृद्धिलाई सम्बोधन हुने गरि मूल्य समायोजन गरिनु पर्ने माग सहित आन्दोलनमा छन ।
आन्दोलित निर्माण व्यवसायी रुग्ण आयोजनाहरु अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एबं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नु पर्ने, चेक बाउन्स र बैंङ्क ग्यारेन्टी जफत गर्ने लगायतका कारवाहि रोकिनु पर्ने, बिमाको प्रिमियम दरमा भएको वृद्धि खारेज गर्नु पर्ने, स्रोत कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिबृद्धि करको बाकि बक्यौता रकम समयमा खातामा दाखिल गर्नु पर्ने , उपभोक्ता समितीबाट निर्माण कार्यको व्यवस्था खारेज गर्नु पर्ने र सार्वजनिक खरिद ऐन सहितका कानुन संशोधन गर्नु पर्ने माग राखेर आन्दोलन अगाडी बढाएका हुन ।
निर्माण व्यवसायी संघ कपिलवस्तुका निर्वतमान अध्यक्ष गुन्जन कुमार गुप्ताल निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा राज्यले दण्ड जरिवाना लगाउने भए पनि राज्यले समयमै भुक्तानी नदिदा आफुहरुले कुनै क्षतिपुर्ति नपाएकोे गुनासो गरेनिर्माण व्यवसायीले आफ्नो माग सहितको ज्ञापनपत्र प्रशासन र राजनैतिक दललाई दिएको स्मरण गराएको संघका जिल्ला अध्यक्ष सरोज अर्यालले बताए । माग पुरा नभएकाले प्रशासनमा धर्ना दिईएको र साउन १६ गते उपकरण तथा औजारका साथ संघिय राजधानी काठमाडौंमा शसक्त आन्दोलन गर्ने योजना रहेको उनले बताए ।
प्रतिक्रिया