अर्थ-वाणिज्य

घरघरमा उत्पादन, टोलटोलमा महिला उद्यमी : मुख्यमन्त्री चौधरी




कपिलवस्तु १४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आयआर्जनका योजना बनाएर आए प्रदेश सरकारले बजेटको अभाव हुन नदिने बताउनुभएको छ । नेपाल महिला संघ दाङले आइतवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले विभिन्न समुदायलाई लक्षित गरी प्रदेश सरकारले बजेटको व्यवस्था गरेकाले त्यसै अनुरुप योजना लिएर आउन महिला तथा युवाहरुलाई आग्रह गर्नुभएको हो ।
थारु, दलित, बादी, जनजातिलगायतका समुदायको आय स्तर बृद्धिका लागि बजेट डिजाइन गरेको बताउदै चौधरीले उत्पादन र स्वरोजगारमूलक कार्यक्रम ल्याउन महिलाहरुलाई आह्वान गर्नुभयो । १ अर्ब बजेट महिलाहरुको आयआर्जनका लागि छुट्याएकाले महिलाहरुलाई घरघरमा उत्पादनका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । यसअघि धेरैजसो बजेट सडकमा खर्च हुने गरेको भन्दै मुख्यमन्त्री चौधरीले उद्यमशीलतामा जोड दिन महिलालाई प्रोत्साहन गर्नुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नेपालको संविधानले उल्लेख गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गर्न प्रदेश सरकारले जिल्लाका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएको बताउनुभयो ।कार्यक्रममा महिला नेतृहरुले काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारले सरकार भएको अनुभूति दिने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६