सीता बेल्बासे
कपिलवस्तु १५ साउन। प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिकले सरकारलाई बुझाउने कर बारे नागरिकले बुझनु आवश्यक रहेको नेपाल उद्योग वाणिज्यसंघ लुम्विनि प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभएको छ । सरकारले बिभिन्न बाहानामा लगाउदै आएको करले धेरै व्यवसायलाई अप्ठारो परेको बताउनु भयो । नेपाल उद्योग वाणिज्यसंघ र कपिलबस्तु उद्योग वाणिज्यसंघको आयोजना तथा जर्मनको प्राविधिक सहयोगमा सोमबार वाणगंगा ४ बैरयिमा आयोजित कर सम्बन्धी तालिमको उद्घाटन सत्रमा बोल्दै यस्तो बताउनु भएको हो । अध्यक्ष शर्माले नेपाल सरकारले हरेक आर्थिक वर्षको लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा प्रस्तुत गरेपनि लागु नगरेको बताउनु भयो ।
वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्यालले स्थानिय सरकारले निजि क्षेत्रको लगानी योग्य वातावरण बनाउन स्थानीय सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाले बेला बखतमा हुने आर्थिक मन्दीका कारण भने व्यवसाय गर्ने व्यवसायी पनि दिगो रुपमा अगाडि आउन नसकेको औल्याउनुभयो । नेपाल उद्योग वाणिज्यसंघका केन्द्रिय सदस्य जमशेर अलिमियाले उद्योगहरु पहिलाको तुलनामा धैरे फस्टाएको भए पनि बिभिन्न बाहानामा सरकारले लगाएकोे कर लगाएत बिभिन्न कारणले दक्ष जनशक्ति अहिले बिदेश पलायन हुन पुगेको बताउनु भयो ।
तालिममा व्यावसायिले भोगेका कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा आन्तरिक राजश्य कार्यलय कृष्ननगरका कर प्रमुख उद्धवराज न्यौपानेले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष्य इश्वरी प्रसाद पाण्डे, नागरिक समाजका कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई लगायत उद्योगी व्यवसाय, उद्यमी, व्यापारी बिभिन्न संस्थाहरु लगायतलाई १५ र १६ गते कर सम्बधि तालिमको आयोजना गरेको कपिलबस्तु उद्योग वाणिज्यसंघका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो ।
१५ श्रावण २०८०, सोमबार
प्रतिक्रिया