अर्थ-वाणिज्य

कार्यपालिका बैठकले गर्यो वडाध्यक्षलाई २ लाख जरिवाना तिराउने निर्णय




कपिलवस्तु १६ । पाल्पाको बगनासकाली गाउँपालिकाले आफ्नै वडा अध्यक्षलाई २ लाख बढी जरिवाना गरेको छ।गाउपालिकाले वडा नं ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले नदिजन्य पदार्थ अवैध रुपमा उत्खन्न गरी बेचबिखन गरेको पाईएपछि वडा अध्यक्षलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको हो।वडाध्यक्ष अधिकारीले गाउँपालिकाको ६ नं।वडा यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि गाउँपालिकाको गत असार ३० गते बसेको कार्यपालिका बैठकले जरिवाना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताईन्।
वहाले अवैध रुपमा नदिजन्य पदार्थ उत्खन्न गरेर घाटगद्धी गर्ने जस्तो गैर कानुनी काम गरेको पाईयो, गाउपालिकाको आर्थिक ऐनले नदिजन्य पदार्थको चोरी निकासी, बेचबिखन गर्नेलाई जरिवाना गर्ने ब्यवस्था गरेको छ सोही अनुसार वहांलाई जरिवाना गरिएको हो चिदिले भनिन्। सर्वसाधारणलाई जरिवाना गर्ने वडा अध्यक्षलाई उन्मुक्ती दिने कुरा भएन, वहाले पनि गलत काम गरेपछि जरिवाना बुझाउनु पर्छ भन्ने मान्यता हो त्यसैले वहांलाई जरिवाना बुझाउनु भनेर पत्र दिएका छौं उनले भनिन्। बगनासकाली गांउपालिकाको आर्थिक ऐन २०७९ को दफा २५ ले अवैध ढंगले नदिजन्य पदार्थको उत्खनन् तथा बेच बिखन गरेको पाईएमा प्रतिटेक्टर ५ हजारका दरले जरिवाना लिने ब्यवस्था गरेको छ।
वडाध्यक्ष अधिकारीले अवैध रुपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा डम्पीङ गरि राखेको पाईएपछि ए्ेनको सोही ब्यवस्था अनुसार प्रतिटेक्टर ५ हजारका दरले हुन आउने एकमुष्ट रकम दुई लाख दश हजार रुपैयाँ जरिवाना गरिएको पालिकाले जनाएको छ।अध्यक्ष अधिकारी माथी बगनासकाली गाउँपालिका ६ यम्घाको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरी सोही वडाको दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा जम्मा गरी राखेको र दर्पुककै नाली र सडक स्तरोन्नति योजनामा अवैध नदीजन्य पर्दाथ प्रयोग गरेको स्थानीयले आरोप लगाउदै आएका छन्।
मचेटाघाट क्षेत्रमा नदी कटानले बस्ती संगै, स्याङजा र पाल्पा जिल्ला जोड्न गरी निर्माण भैरहेको पुल र बगनासकाली बृहत लिफ्टिंग खानेपानी आयोजनाको मुहान क्षेत्रमा असर पर्ने भएकोले त्यसको ५ सय मिटर वरिपरी उत्खनन गर्न गाउपालिकाले रोक लगाएको छ। गाउँपालिकाले वडाअध्यक्ष अधिकारी संगै पारिलेक कन्स्ट्रक्सनका सञ्चालक दामोदर गैरेलाई समेत ७५ हजार जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । गैरेको नाममा रहेको परिलेक कन्स्ट्रक्सनले लुम्बिनी प्रदेश सरकारको बजेट मार्फत सहरी विकास तथा भवन कार्यालय मातहतबाट ठेक्का भएको दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनामा १५ टेक्टर अवैध नदीजन्य पदार्थको प्रयोग गरेको पाईएको थियो।
अध्यक्ष अधिकारी र गैरेले अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीयले गुनासो गरेपछि गाउँपालिकाले गएको वैशाख १८ गते अध्यक्ष सरस्वती चिदीको नेतृत्वमा स्थलगत अनुगमन गरी जिल्ला समन्वय समिति पाल्पा प्रतिवेदन बुझाइएको थियो। सोही प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन निर्देशन गरेको थियो।नदिजन्य पदार्थको चोरीमा जरिवाना तोकिएका वडाध्यक्ष अधिकारीले नैतिक रुपमा वडाअध्यक्ष हुं भन्न नमिल्ने स्थानीयको भनाई छ। गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले रोक लगाएको क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासीमा वडाध्यक्ष दोषि ठहरिनु गम्भीर कुरा रहेको बताए । उहाँले वातावरणीय प्रभाव मूल्यांकन समेत नभएको स्थानबाट नियमन गर्नुपर्ने व्यक्तिले नै अवैध रुपमा गिट्टी, बालुवा र ढुंगा निकासी गर्नु दुःखद हो उनले भने।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६