कपिलवस्तु १८ साउन ।कपिलवस्तुलाई सुखा ग्रस्त जिल्ला घोषणा गर्नु पर्ने माग गरिएको छ । कपिलवस्तुका कृषकहरुले अझै रोपाई गर्न नसकेको र रोपाई गरेको धान खेतमा समेत चिरा परेर डढेकोले कपिलवस्तुलाई सुखा ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने नेपाल किसान महासंघले माग गरेको हो । प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ब्ुझाउदै महासंघले सो माग गरेको हो ।
महासंघका जिल्ला अध्यक्ष गंगा बहादुर बिस्टले आकाशे पानीमा भर पर्दै आएका कृषकहरुले यस बर्ष न्युन बर्षा हुदा केही कृषकले रोपाई गरेको र केहीले गर्न बाकी रहेको र रापेको धानमा समेत चिरा परेको बताए ।पर्याप्त पानी नपर्दा कृषकहरु मारमा परेकोले जिल्लालाई सुखा ग्रस्त घोषणा गर्नु पर्ने माग गरे । महासंघका अध्यक्ष बिष्टको अगुावाईमा प्रजिअ आचार्यलाई बुझाइएको ज्ञापन पत्रमा आकाशे खेतको भरमा रहेका कपिलवस्तुका प्रत्येक कृषकहरुको खेतमा बोरिङको ब्यवस्था हुनु पर्ने समेत माग गरिएको छ ।
जिल्लामा रहेको ८१ हजार खेतीयोग्य जमिनकालागि १५ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डिएपी र ५ सय मेट्रिकक टन पोटास उपलब्ध गराउनु पर्ने माग गरिएको छ । सरकारले सहजरुमपा मलखाद बितरणको प्रकृया अबि लम्ब गनर््ु पर्ने, बर्षे बालीका लागि बैशाख र जेठमा र हिउदे बालीका लागि भदौ र असोज मै मलखाद उपलब्ध गराउनु पर्ने माग गरिएको छ । कृषि सहकारीबाट मलखाद बितरण प्रकृया अपारदर्शी र ब्लेकमा समेत बिक्री गर्ने गरिएको भन्ने ब्यापक जन गुनासो आएकाले सो प्रावधान हटाई कृषकहरुलाई क्रेडिट कार्ड बनाई समास्याको समाधान गर्नु पर्ने समेत माग गरिएको छ ।
ज्ञापन पत्रको बाद्धार्थ कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय, महासंघको केन्द्रिय कार्यालय र कांग्रेस पार्टीलाई समेत दिइएको छ ।
१८ श्रावण २०८०, बिहिबार
प्रतिक्रिया