खोज–अनुसन्धान

बाणगंगा ८ का ६८ बाढी पिडितलाई राहत ,गर्भवती तथा सुत्केरीलाई सुरक्षा कीट वितरण



पशुपति गिरी

कपिलवस्तु, साउन १९।
बाणगंगा नगरपालिका वडा नम्बर ८ का ६८ बाढी पिडित परिवारलाई राहत स्वरुप लामखुट्टे बाट बच्ने झुल साथै ९ जना गर्भवती तथा सुत्केरी महिलालाइ १७ थरी सामाग्री सहितको सुरक्षा कीट वितरण गरिएको छ। कार्यक्रम वडा नम्बर ८ को सहकाय , सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजना त्यसैगरी UNFPA को सहयोगमा सम्पन्न भएको हो।बाणगंगा पुलचोक, बालापुर र ससेनीका ६८ घर परिवारलाई राहात वितरण गरेको वडा नम्बर ८ का वडाध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।

उनीहरुलाई लामखुट्टे बाट बच्ने झुल साथै ९ जना गर्भवती तथा सुत्केरी महिलालाइ १७ थरी सामाग्री सहितको सुरक्षा कीट सामग्री दिएको वडाध्यक्ष अर्यालले बताए ।

उक्त कार्यक्रम वडा नम्बर ८ पुलचोक टोल बिकास संस्थाका अध्यक्ष तुल्सी प्रसाद अर्यालको अध्यक्षता वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यता त्यसैगरी नगरकार्यपालिका सदस्य शारदा परियारको अतिथी रहेको थियो भने UNFPA लुम्बिनी प्रदेश कार्यक्रम सम्योजक, UNFPA कार्यक्रम अधिकृत सहितको उपस्थित मा राहत सामाग्री वितरण गरिएको हो। सो कार्यक्रम सिद्धार्थ सामाजिक बिकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरेको सन्चालनमा रहेको थियो ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६