वुटवल १९ साउन। सुरक्षित मातृत्वका लागि भन्दै बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सरे सेवा निःशुल्क रुपमा प्रदान गर्न थालेको छ । बुटवल–९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट शुक्रबारदेखि सेवा सुरु भएको हो ।नगर प्रमुख पाण्डेयले गर्भवती महिला र शिशुका जटिलता पत्ता लगाउन र सुरक्षित आमाले स्वस्थ बच्चा जन्माउने वातावरण बनाउनका लागि निःशुल्क एक्सरे सेवा सुरु गरेको बताए ।बुटवलले यसअघि शिशु पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई २ हजार रुपैयाँ दिएको थियो । पछिल्लो समय बुटवलले महिलाहरूको पाठेघर परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रमसमेत गरिरहेको छ ।चालु आर्थिक वर्षमा ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलालाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरू सञ्चालन गर्ने कार्यक्रम रहेकोसमेत नगरप्रमुख पाण्डेयले बताए ।
१९ श्रावण २०८०, शुक्रबार
प्रतिक्रिया