खोज–अनुसन्धान

लुम्विनीमा ठूला २ दल प्रशिक्षण केन्द्रित : एमालेको २२ साउन र कांग्रेसले भदौ पहिलो साता




कपिलवस्तु २० साउन । लुम्विनी प्रदेशमा सबै भन्दा ठूलो दल नेकपा एमाले र नेपाली कँंग्रेसले प्रदेश स्तरीय प्रशिक्षण चलाउने भएका छन् । नेकपा एमालेले यहि साउन २२ देखि २५ सम्म प्रदेशका १२ वटै जिल्लाका सिमित नेतालाई सहभागि गराएर प्रशिक्षक प्रशिक्षण संचालन गर्ने भएको छ । प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेका अनुसार एक जिल्लावाट ४ जना अगुवा कार्यकर्तालाई प्रशिक्षकको रुपमा तयार पार्ने र उहाहरुले नै जिल्लामा प्रशिक्षण चलाउने वताउनु भयो । ४ दिने आवासिय प्रशिक्षण देउखुरीमा हुने वताइएको छ । एमाले कपिलवस्तुवाट उक्त प्रशिक्षणमा ४ जना सहभागि हुने प्रशिक्षण विभागका उपप्रमुख समेत रहनु भएका भेषराज पाण्डेले जानकारी दिनु भयो ।
यता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो साता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२ प्रदेशसभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताृनु भयो ।
नवलपरासी (पश्चिम) मा आयोजना गरिने प्रशिक्षणलाई वरिष्ठ नेता डा। शेखर कोइरालालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताउनु भयो ।प्रशिक्षणपश्चात् पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विशेष आधार तय हुने उहाको भनाइ छ । प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्टी बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पामा आयोजना गरिने विभागले जनाएको छ ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६