खोज–अनुसन्धान

लुम्विनीको एक ठाउ जहा यूवतीलाई जवरजस्ती तानेर लैजाने मेला लाग्दो रहेछ




रुकुम पूर्व २७ साउन ।एक युवतीलाई केटाहरूको समूहले दुर्व्यवहार गरेको घटना (पूर्वी)रुकुमको भूमे गाउँपालिका १ को भएको खुलेको छ। घटना साउन चारपाँच गते तिरको ‘लुकुम गाउँको झाँक्री मेलाको’ भए पनि अहिले सार्वजनिक भएको हो।रुकुमकोटको ८ की मगर थरकी ती युवती साथीसँग मेला हेर्न गएकी थिइन्। मेला भूमे गाउँपालिका १ मा लगेको थियो। त्यहाँ मेला हेरेपछि पानी खान पल्लो गाउँ गएकी थिइन्। पानी खाना जाँदा बाटोमा केटाहरूको समूहले घेरेर जबरजस्ती लैजान खोजेको उनले बताइन्।
नेपालभ्युजसँग सम्पर्कमा आएकी ती पीडित युवतीले केटहरुको हात टोकेर बल्ल बल्ल भागेको बताइन्। उनले भनिन्, ‘‘केटाहरूको पन्जाबाट बल्लबल्ल भागेँ। दुई तीन जनाको हात टोकेर भागेँ। त्यति गर्दा पनि छाडेनन्। पछिपछि आए। गुहार माग्दा कसैले सुनेनन्। माथि आएपछि साथी र मैले ढुङ्गा हान्यौँ। अनि पीछा गर्न छाडे।’’ती युवती अविवाहित हुन्। केटाहरूले छाड्छन् की भनेर उनले आफू विवाहित भएको बताएको उनले सुनाइन्।पीडित युवतीले भनिन्, ‘‘यतातिर बिहे नभएकी चेलीहरू मन परेमा जबरजस्ती घिच्चाएर लैजाने गर्दा रहेछन्। यसैले मलाई पनि उनीहरूले लैजान्छन् कि भन्ने डर लाग्यो। यसैले बिहे भएको भनिदिएँ। तै पनि छाडेनन्। बल्लबल्ल भाग्नुप‍र्‍यो ।’’
घटनाबारे पीडित किशोरी यसो भन्छिन्।घटना हुँदा अरू मानिस बचाउन नआएको उनले गुनासो गरिन्। ‘‘यहाँको चलन यस्तै छ भनेर सबेले रमिता हेरे। कोही बचाउन आएनन्।’’ उनले सुनाइन्।रुकुमकोटमा साउने संक्रान्तिलाई तिवार(राँखे) पर्वको रूपमा भव्य रूपले मनाउने प्रचलन छ। यसै चाडको अवसरमा रुकुम पूर्वको लुगुम गाउँमा हरेक वर्ष साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार या शनिवार पारेर गाउँका झाँक्रीहरू मिलेर पर्व मनाउने चलन छ। त्यही मेलामा युवती गएकी थिइन्।गत वैशाखमा टकशेरा भन्ने ठाउँमा पनि चारजना युवाले एक युवतीलाई जबरजस्ती गाडीमा हालेर लगेका थिए। तर पालिकाकै उपाध्यक्षलगायतले पीडकलाई बचाएका थिए।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६