ब्रेकिंग न्युज

आज अन्तर्राष्ट्रिय युवा दिवस कसरी मनाउने ?



कपिलवस्तु २७ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ स् नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराकासाथ सप्ताहव्यापी रुपमा कार्यक्रम भइरहेको छ ।युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो ।नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही सम्बोधन हुन थाले पनि युवाका मुख्य समस्या शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रभावकारी सुधार हुन सकेको छैन ।रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि ती प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन् । देशमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौँ युवा विदेशिनु परेको छ ।सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको छ । प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् ।यस्तै, संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखिएको छ । तर युवाका पक्षमा भएका नीति, नियम, कानुन र कार्यक्रम प्रभावकारी कार्यान्वयनमा समस्या देखिएकाले युवाका खास मुद्दा सम्बोधन हुन नसकेको गुनासो छ ।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६