खोज–अनुसन्धान

गाउ बस्तीमा क्षयरोगी खोज्न अभियान चलाउने मेयर अर्यालको घोषणा



भगवती न्यौपाने

कपिलवस्तु ३१ साउन ।समुदायमा क्षयरोगको परिक्षण र उपचार गर्न नगर लागि परेको वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले बताउनु भयो । क्षयरोग कार्यक्रमको स्थानिय तह जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी सँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । तीन वर्ष देखि समुदायमा जाने यसलाई खोज्ने गर्दै जनस्थरमा नगरका स्वस्थ्वकर्मिहरुले प्रचारप्रसार गरेको उहाको भनाई छ । क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने बताउदै यसमा सबैले ध्यान दिनु पर्ने नगर प्रमख अर्यालको भनाई छ ।

यता जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका क्षयरोग फोकल प्रशंन मोहमद इरफानले क्षयरोगको उपचार निशुल्क हुने र यस रोगको औषधी देशभर निशुल्क पाईने बताउनु भयो । साथै उहाँले कपिवस्तु जिल्लामा यस्को अवस्थाको बारेमा बताउदै अगाडी भनु हुन्छ । सेप द चिल्डेनमा बरिष्ठ कार्यकारी व्यवस्थापक मिम बहादुर ंिसंहले क्षयरोग के हो ? क्षयरोग लक्षणः कसरी थाहा पाउने ?,क्षयरोग रोगको परीक्षण के हो ?क्षयरोगको उपचार कसरी र कहाँ गर्ने , यसको अबस्था केछ लगयायको बारेमा सहजिकरण गर्नु भएको थियो । साथै क्षयरोग अन्त गर्ने रणनिति २०३५ का ३ खम्बारहरु क्षयरोगको सेवा एकिकृत र विरामीमुखी हुनु पर्ने,मजबुद मिती तथा सहयोगी प्रणाली हुनु पर्ने र तिब्र केन्द्रिकृत खोजपडताल र नौलो काम गर्नु को बारेमा बताउनु भएको थियो ।

उक्त कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी थारु, नगरका सम्पुर्ण वडाअध्यक्ष, स्वास्थ्य शाखाका भक्तिराम पाण्डे ,पिपरा अस्पतालका मेडिकल अधिकृत गणेश क्षेत्री स्वस्थ्यकर्मि , लगायत सञ्चार कर्मिको उपस्थिति रहेको थियो । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण रहेका छन् । वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा किड्स कपिलवस्तुको आयोजना, सेप द चिल्डेनको सहयोग , जिल्ला स्वास्थ्य कार्यलय कपिलवसतु र वाणगंगा नगरपालिकाको सहकार्य कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६