अर्थ-वाणिज्य

पालिका अध्यक्षको आदेश नमान्दा प्रहरीलाई नाकाबन्दी



कपिलवस्तु ३१ साउन । सवारी चेकजाँचमा कडाई गरेपछि कपिलवस्तुमा मायादेवि गाउँपालिका र प्रहरीवीच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराएपछि गाउँपालिका आक्रोशित भएको छ । नियन्त्रणमा लिएका मोटरसाइकल तत्काल छोड्न नमानेपछि गाउँपालिकाले विज्ञप्ति निकालेर विरोध जनाएको छ । चेकजाँचको नाममा स्थानीयलाई दुःख दिने काम भएको भन्दै प्रहरीलाई दिंदैआएको सहयोग बन्द गरिएको छ । पालिकाले अस्थायी प्रहरी चौकीको भाडा तिर्दै आएकोमा रोक्ने निर्णय गरेको हो । प्रहरीका अनुसार आइतवार राति अन्दाजी ८ वजे इलाका प्रहरी कार्यालय पकडीले चेकजाँच गर्ने क्रममा २ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

लु ४१ प ६९८९ नम्बरको मोटरसाइकल चालक समूह र लु ६२ प ६१०१ नम्बरको मोटरसाइकल चालक अब्दुलसहित अन्य मोटरसाइकल कागजातविना चलाएपछि इप्रका र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचमा रोकिएको थियो । दुबै चालकले लाइसेन्स र ब्लु बुक घरमा छुटेको बताएपछि प्रहरीले शङ्काको दायरामा राखेको थियो । चालकहरुले केहीबेर फोन गरेपछि मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्धीन मुसलमान, वडा १ का अध्यक्ष मोहम्मद इसवाक मुसलमान, वडा ३ का अध्यक्ष शैलेन्द्रकुमार यादव, वडा ४ का अस्फाक अहमद मुसलमान र वडा ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमानसहितको टोली चेकजाँच स्थल पुगेको थियो ।

उहाँहरुले दुबै मोटरसाइकल छाड्न आग्रह गरेको प्रहरीले जनाएको छ ।तर प्रहरीले छाडेन । यसैबीच सोमबार कार्यपालिकाको बैठक बसी प्रहरीलाई दिएको सेवा सुविधा रोक्ने निर्णय गरेको जनाएको छ । इप्रकाले अस्थायी प्रहरी चौकी कायम राख्न स्थानीयसँग छलफल गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६