दाङ, ३२ साउन। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल भारतमा पिसाब सम्बन्धी सफल अप्रेसन गरेर केही दिन अघि स्वदेश फर्किएका छन्।स्वास्थ्य मन्त्री खनाल पिसाब सम्बन्धि आफ्नो अप्रेशन गर्न भारतको मुम्बईस्थित अस्पताल पुगेका थिए । केही दिनअघि मात्रै उपचारपछि फर्किएका मन्त्री खनाल अहिले काठमाडौंमा स्वास्थ्य लाभ गरिरहेका उनी निकट एक जना नेताले बताए ।प्रदेश सरकारको मन्त्री भएपछि उनी स्वास्थ्य उपचारका लागि भारत गएका उनले बताए । सामान्य उपचारका लागि प्रदेश मन्त्री नै मुम्बई गएपछि उनको तीब्र आलोचना भएको छ ।दाङ क्षेत्र नम्बर २ ९क० को प्रदेश सभाको चुनाबमा एमालेका बलिभद्र रानालाई हराउँदै खनालले ११ सय मतान्तरले चुनाव जितेका थिए ।
२ भाद्र २०८०, शनिबार
प्रतिक्रिया