प्रदेश

शशस्त्रले सहयोग नगर्दा भन्सार अधिकृत कुटिए




कपिलवस्तु, २ भदौ ।
कृष्णनगर भन्सार कार्यालयका भन्सार अधिकृत विकास उपाध्याय कुटिएका छन् । पटक–पटक विवादमा मुछिदै आएका भन्सार अधिकृत उपाध्यायलाई कृष्णनगरका स्थानीय चामल व्यापारीहरुले हातपात गरेका थिए । शुक्रबार विहान ८ बजे कृष्णनगर २ गल्लामण्डीमा तस्करी भई चामल आएको र स्थानीय गल्ला व्यापारी घनश्याम अग्रहरीको पसलमा पुरयाएको सूचना पाए लगत्तै अधिकृत उपाध्याय छापा हान्न पुगेका थिए । छापा हान्दा आवश्यक सहयोगका लागि भन्सार मातहत रहेको शशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म संग सहयोग मागेका थिए । तर शशस्त्र प्रहरीले उनको आग्रहलाई वेवास्ता ग¥यो र गएन । फलस्वरुप गल्लामण्डीका व्यापारी तथा उपाध्याय बिच विवाद सिर्जना भयो र हात हालाहाल हुदै कुटपिट सम्म पुग्यो । लगत्तै कृष्णनगर प्रहरी नायब निरिक्षक ऋषिराम पछाईको कमाण्डमा गएको प्रहरी टोलीले घटनालाई नियन्त्रणमा लिई भन्सार अधिकृत उपाध्यायलाई जोगाएको थियो । त्यसपछि मात्र शशस्त्रको टोली त्यहा पुगेको थियो ।


विगत २ महिना यता कृष्णनगर चामल तस्करीको अखडा बन्दै गइरहेको छ । त्यहाका कुशहवा बढनी, कुकुरभुकवा, सिर्सिहवा, बेदमौ, झण्डेनगर लगायतका सीमा क्षेत्रबाट दैनिक करिब ५ टन चामल अवैध रुपमा कृष्णनगरका व्यापारी सम्म पुग्छ । कृष्णनगरमा विशेषगरी स्थानीय सोमनाथ अग्रहरी, उमेश यादव, राकेशमणी त्रिपाठी, लाला गुप्ता, चिन्कु अग्रहरी, गुड्डु नाउ, दिपक अग्रहरी, श्याम अग्रहरी लगायतले चामलको अवैध कारोबार गर्दै आएको सुरक्षा श्रोतको दाबी छ । शुक्रबारको घटनाले पनि कृष्णनगरमा चामलको तस्करी निर्वाध भइरहेको पुष्टि हुन्छ ।


कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ताले भन्सार अधिकृत उपाध्यायले प्रकृया पुरा नगरी छापा हान्न खोज्दा व्यापारी संग विवाद सिर्जना भएको दाबी गरे । व्यापारी घनश्याम अग्रहरीको घर पुगेर गाली गलौज गरेको र जर्बजस्ती घरभित्र पस्न खोज्दा हात हालाहाल भएको बताए । भन्सार अधिकृत उपाध्यायको शैली ठीक भएन, खानतलासी पुर्जी छैन, साथमा सुरक्षाकर्मी तथा भन्सार कर्मचारी छैन, उद्योग बाणिज्य संघ संग समन्वय छैन, बलजफ्ती गर्दा समस्या आयो उनले भने । दुबै पक्षलाई शुक्रबार दिउसो प्रहरीले बोलाएर समन्वय गरि पठाएको थियो ।


शुक्रबारको घटनामा शशस्त्र प्रहरीले असहयोग गरेको भन्दै भन्सार कर्मचारी चिढिएका छन् । विगत १ साता देखि काठमाण्डौ विदामा बसेका भन्सार प्रमुख गगन बहादुर विक आइतबार कृष्णनगर र्फकदैछन् । सीमा तथा सीमाबाट हुने राजस्व चुहावट गर्न राखिएको शशस्त्र प्रहरीले नै असहयोग गरेपछि राजस्व चुहावट नियन्त्रण गर्न चुनौति बनेको कर्मचारीहरुको भनाई छ । निर्वाध भइरहेको चामल तस्करीमा शशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरको मौन सर्मथन जस्तै देखिन्छ ।

भन्सार अधिकृत उपाध्यायले सहयोग माग्दा गुल्म प्रमुख शशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापाले तौलिहवा कामले जान लागेको भन्दै पन्छिनुले पनि विभिन्न आशंका पैदा गर्दछ । करिब १ महिना अघि पनि विप्लव निकट नेकपाले विजयनगरबाट कव्जा गरि शशस्त्र प्रहरीलाई बुझाएको ७० लाख बराबरको कपडा कृष्णनगर गुल्मले आफुले बरामद गरेको बताएपछि त्यसको व्यापक आलोचना भएको थियो ।

प्रकाशित : २ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६