कपिलवस्तु ४साउन ।नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले आवश्यकता र औचित्यताका आधारमा लुम्बिनी प्रदेशको मूल नेतृत्व चयन गर्ने बताउनु भयो । युवा नेता खिमलाल भट्टराईले यही भाद्र १६ र १७ गते बुटवलमा सम्पन्न हुने नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नेतृत्व सर्वसम्मत ढंगबाट चयन गर्ने स्पष्ट पार्दै अधिवेशनबाट ४० वर्ष मुनिका युवा पुस्ताको कमिटीगत जिम्मेवारी सुनिश्चित गरिने जिकिर गर्नु भयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुउद्घाटन गर्ने लुम्बिनी प्रदेशको अधिवेशन पहिलो भएको हुदा अधिवेशनबाट देशलाई नै पार्टीले सन्देश दिने दावी गर्नु भयो । नेता खिमलाल भट्टराईले नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई सोमबार मदन आश्रित स्मृती भवन तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
वैठकमा नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कपिलवस्तु प्रितिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का सदस्य बलराम अधिकारीले अनुशासित कार्यकर्ताबाट मात्र सुदृढ संगठन संभव रहने बताउनु भयो । सासंद अधिकारीले जनताको बीचमा काम गर्न कार्यकर्तालाई आग्रह गद्र्र जनताको बीचमा काम गर्नेहरु नै स्थापित हुने जिकिर गर्नु भयो ।
वैठकले लुम्बिनी प्रदेश अधिवेशनको प्रतिनिधी छनोट कार्यका लागि पालिका स्तरमा निर्वाचन समिति गठन गर्नुका साथै निर्वाचन केन्द्र समेत तोकिदिएको जिल्ला निर्वाचन विभागका प्रमुख विश्व कार्कीले जानकारी दिनु भयो ।
वैठकले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका निम्ति निर्वाचन कार्यतालिका पारित गरेको छ । निर्वाचन तालिका अनुसार भाद्र ७ गते मतदाता नामावली प्रकाशन, भाद्र ८ गते उम्मेद्वारको मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र सहमति नभएमा भने भाद्र ९ गते विहान ८ः०० बजे देखि मतदानको प्रक्रिया थालनी गर्ने कार्यतालिका रहेको एमाले जिल्ला निर्वाचन विभागले जनाएको छ । लुम्बिनी प्रदेश अधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट ७० जना प्रतिनिधी छनोट हुने जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनु भयो । जिल्ला सचिवालय वैठकले भूमि अधिकार तथा श्रमिक संगठन लुम्बिी प्रदेशको भाद्र २७ गते जिल्लाको शिवराजमा हुने अधिवेशनलाई भब्य रुपमा सम्पन्न बनाउनका निम्ति जिल्ला पार्टीबाट विशेष भूमिका खेल्ने निर्णय गरेको एमाले नेता हिरालाल पौडेलले बताउनु भयो ।
अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने कार्यक्रममा कपिलवस्तु जिल्लाबाट उत्साहजनक जनसहभागिता गराउने निर्णय गरेको जिल्ला अध्यक्ष डम्मर शर्माले पाटी बताउनु भयो । अध्यक्ष शर्माले सर्वसम्मत ढंगबाट प्रतिनिधी चयनका निम्ति कोशिस गर्ने स्पष्ट पार्नु भयो ।
एमाले केन्द्रिय सदस्यद्धय वृजेश कुमार गुप्ता, शुसिल कुमार गुप्ताको विशेष आतिथ्यता रहेको वैठकमा एमाले नेताहरु दान बहादुर चौधरी, झविलाल पोख्रेल, कृष्ण पौडेल, शान्तिदेवी चमार, बाबुराम खनाल, बाबुराम आचार्य, नेत्रराज अधिकारी, मित्रलाल शर्मा, आजाज अहमद दर्जी, द्रोणराज सुवेदी, डम्मर शर्मा चापागाई, शारदा शर्मा, मेराज खाँ., तेज प्रसाद आचार्य, लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।
जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपसचिव अर्जुन केसीको संचालनमा सम्पन्न सचिवालय वैठकमा एमालेका केन्द्रिय नेता, प्रदेश स्तरीय नेता, एवम् जिल्ला जिल्ला सचिवाल तथा पालिका अध्यक्षहरुको उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
४ भाद्र २०८०, सोमबार








प्रतिक्रिया