खोज–अनुसन्धान

बाल सुधार गृहमा झडप : इन्सपेक्टर सहित १० प्रहरी र ११ वालकैदी घाइते



काठमाडौँ ४ चदौ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा नाबालक बन्दीको मृत्युको विषयमा झडप हुँदा प्रहरीका इन्स्पेक्टरसहित १८ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरी वृत्त ठिमीमा कार्यरत इन्स्पेक्टर सञ्जिव ओलीसहित १० प्रहरी घाइते भएका हुन् । यस्तै सशस्त्र प्रहरीका ८ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।झडपमा १२ जना नाबालक बन्दी घाइते भएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यले बताए । उनले भने–‘११ जना नाबालक कैदीबन्दीको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा र एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’

ट्रमा सेन्टरमा उपचार गराइरहेका शंकर घर्तीको अवस्था गम्भीर छ । झडपको क्रममा २२१ जना नाबालकहरु सुरक्षा घेरा तोडेर भागेका थिए । तीमध्ये ८६ जनालाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ ।बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।अदालतको आदेशले बस्नेत २०७७ सालदेखी बालसुधार गृहमा थिए । मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६