खोज–अनुसन्धान

पछिपरेका बर्ग र क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गरेको मेयर अर्यालको दावि



सरिता थारु

कपिलवस्तु ५ भदौ ।अपांगताको सवालमा सधै विभिन्न सरोकारवालाहरुसंग हातेमालो गर्दै अगाडी बढीरहेको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ । उहाले नगरपालिकाबाट अपांगता भएका व्यक्तिहरुको शसक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो । फाउण्ड परियोजनाका लाभग्राही तथा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा पृष्ठ पोषण संकलन कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएका हो ।

साथै नगरपालिका भित्र रहेका अपांगता भएका व्यक्तिहरुलाई विभिन्न संघ संस्थाको सहकार्यमा सहायक समाग्री समेत प्रदान गएको औल्याउनुभयो ।यस्तै कार्यक्रममा राष्ट्रिय अपांग महासघंका केन्द्रिय निर्वतमान अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिहरुलाई संगठित हुन आवश्यक रहेको उल्लेख गर्दै अपांगता भएका व्यक्तिहरु पनि कुनै न कुनै व्यवसायमा आबद्धहुनुपर्ने जोडदिनुभयो । साथै उहाले स्थानीय तहले अपांगता मैत्री निती बनाउन आग्रह गर्दै भौतिक संरचनाहरु पनि अपांगता मैत्री हुनुपर्ने औल्याउनुभयो । कार्यक्रममा द लेप्रोसि मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कंडेलले अपांगता भएका व्यक्तिहरुको पक्षमा राज्य नै गम्भिर हुनुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाले अपांगता भएका व्यक्तिहरुलाई आर्थिक स्तरमा सशक्त बनाउन र अपांगता भएको व्यक्तिहरुको समस्या समाधान तर्फ राज्य नै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । यस्तै कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे लगाएत सहभागिहरुले फाउण्ड परियोजनाले ल्याएको परिर्वतनका बारेमा बोलेका थिए । कार्यक्रममा फाउण्ड परियोजना निर्देशक चिरञ्जिवी शर्माले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो भने परियोजनाको गतिविधि बारे रामदयाल यादवले जानकारी दिनुभएको थियो । परियोजनाकी राधा अधिकारीको संचालन तथा अपांग उत्थान समाज कपिलबस्तुका अध्यक्ष कमल प्रसाद ढुंगानाको स्वागतमा सम्पन्न भएको हो ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६