खोज–अनुसन्धान

मेरो ध्यान शुसासन र सुब्यवस्थामा हुनेछ : निरीक्षक रायमाझी

प्रहरीलाई अग्रज पत्रकारले दिए यस्ता सुझाव




भगवती न्यौपाने
कपिलवस्तु ६ भदौ । भर्खर मात्रै सरुवा भएर कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यलय पिपरामा सरुवा भएर आउनु भएका प्रहरी निक्षक गोपाल रायामाझीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँले यस ठाँउको आवश्यकतालाई प्रथमिकतामा राखेर जनताको चाहाना अनुसार काम गर्ने बताउदै सबैको सहकार्य र साथको आवश्यकता औल्याउनु भयो ।निरिक्षक रायमाझीले महिला बालबालिकाको क्षेत्रमा पनि प्रहरी सधै सकृय रुपमा पीडितको साथमा रहेको उहाँले बताउनु भयो ।
निरीक्षक रायमाझी र बाणगंगाका पत्रकार बीचको परिचयात्मक कार्यक्रममा पत्रकार महासंघका पूर्ब अध्यक्ष भेषराज पाण्डेले नदीनालाको अबैध दोहनका सन्दर्भका यहाका केहि प्रहरी र पत्रकारको छवि स्वच्छ नरहेको वताउदै त्यस्ता तत्वलाई नछाड्न आग्रह गर्नु भयो । महासंघकै पूर्ब अध्यक्ष डिलाराम भुासलले लागु औषधको हव बनेको राजमार्ग क्षेत्रमा प्रहरीको ठूलो मेहनतले नेटवर्क तहशनहश भएको वताउदै यसरी नै कडाईका साथ लाग्न आग्रह गर्नु भयो । रायमाझी अहिले सम्म धेरै ठाउमा अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आउनु भएको उहाले वताउनु भयो । प्रहरीमा लागु भएको बैज्ञानिक मापदण्डक कारण आफू बाणगंगामा परेको वताउदै रायमाझीले यहा आउन पाउदा गर्व लागेको स्पष्ट पार्नु भयो ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६