खोज–अनुसन्धान

पत्रकारहरु असुरक्षित भएको भन्दै नगरपालिकामा पत्र




बर्दघाट ७ भदौ । बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रको पत्रकारीता र पत्रकारहरु असुरक्षित भएको भन्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।आज बुधबार बर्दघाट प्रेस क्लब पदाधिकारीहरु, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उप(प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर प्रवक्ता सन्त बहादुर गाहा, सामाजिक विकास समितिका संयोजक तथा बर्दघाट १६ का वडाध्यक्ष भिमकाजी गुरुङको उपस्थितिमा क्लबका अध्यक्ष कुशमाकर ढकालले नगर प्रमुख श्रेष्ठलाइ ज्ञापनपत्र बुझाएका हुन।
बर्दघाट नगरभित्रका विभिन्न विषयबस्तुहरुलाई सञ्चार माध्यममा प्रकाशनरप्रशारण गरेकोमा विभिन्न पक्षहरुले समाचार तथा रिपोटसँग सम्बन्धित रहेर संचारकर्मीहरुलाई चेतावनी पुर्ण भाषा तथा अभिव्यक्ति आएको भन्दै क्लबले नगरलाई ध्यानाकर्षण गराएको हो ।समाचार लेखनकै विषयलाई लिएर सरकारी वेतनधारीहरुले आफ्नो पदिय मर्यादा समेत ख्याल नगरी पत्रकारहरुलाई धम्क्याउने तथा संचार समाग्रीहरु तोडफोड गर्ने प्रयास गर्ने गरीएको ज्ञापन पत्रमा उल्लेख छ ।
क्लबद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ‘समाचार लेखनको विषयमा चित्त नबुझे समाचारको खण्डन गर्ने, प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी प्रावधान रहेको स्मरण गराउन चाहन्छौँ ।’नेपालको संविधान २०७२ को धारा १७ को २ ९क० मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा संचारको हक, धारा १९ मा सूचनाको हक अन्तरगत रहेर आफूहरुको ध्यानाकर्षण भएको क्लबको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६