प्रदेश

कुलोले बगाउँदा बाणगंगामा एक महिलाको मृत्यु



कपिलवस्तु, ०७ भदौ । कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित बाणगंगा नदिबाट सिँचाईका लागि बनाइएको स्थानीय कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर ति महिलाको मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने गंगाराम थारुकी श्रीमती अन्दाजी ५० वर्षीय गुड्ढी थारुको माछा मार्ने क्रममा कुलोले बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहानको समयमा कुलोमा माछा मार्नै क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।

मृतक थारुका श्रीमान सहित २ छोरी र एक छोरा छन् । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६