प्रदेश

तत्काल रोक्का जग्गा फुकुवा गर्न मुख्यमन्त्री चाैधरी सँग राप्ती चेम्बर अफ कमर्सकाे माग




भालुवाङ, ७ भदाै । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको रोक्का जग्गा तत्काल फुकुवा गर्न माग गर्दै चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेले बिहीबार आज मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएर अध्यक्ष बेल्वासेले सो ध्यानाकर्षण पत्र बुझाएका हुन् । करिव ३ वर्ष देखि रोक्का रहेको जग्गा फुकुवा नहुँदा आजिद भइसकेका जनताहरूलाई आन्दोलनमा जान बाध्य नपार्न सुझाव दिदै सो ध्यानाकर्षण पत्र बुझाइएको हो । जवाफमा मुख्यमन्त्री चाैधरीले आफू दिनहुँ जसो त्यसै काममा लागेको र राजनीतिक सहमति नजुटेका कारण जग्गा फुकुवा गर्न ढिलाई भएको बताए ।

भदाै १४ गते प्रदेश स्तरको राजनीतिक दल सम्मेलित बैठक बसेर राजनीतिक सहमति भएमा भदाै १५ सम्म जग्गा फुकुवा हुने बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन चेम्बरका अध्यक्ष नेमलाल बेल्वासे, निवर्तमान अध्यक्ष कुमार अधिकारी, महासचिव वसन्त कुवर क्षेत्री, युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदी र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता गएका थिए ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६