प्रदेश

हजार बढीले गराए आँखाको उपचार



तौलिहवा, ०८ भदौ । जिल्लाको यशोधरा गाँउपालिकामा हजार बढीले आँखाको उपचार गराएका छन् । गाँउपालिकाको तथ्यांक अनुसार साउन महिनामा एक हजार तिन सय ३० जना आँखाको विरामीहरुले उपचार गराएका छन् ।


आँखा पाक्ने रोग फैलिए पछि गाँउपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न औषधीको ब्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार मिश्रले बताउनुभयो । पालिका भित्र रहेको आठ वटै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी समेत वितरण गरेको उहाँले बताउनुभयो । पालिकाका नागरिकहरुलाई सिप्रोफल्कसासिन ड्राप, कोलरमफेनिकल नामको मल्हम, सिप्रोफल्कसासिन टेबलेट लगायतको औषधी निःशुल्क रुपमा व्यवस्थापन गरेको प्रमुख मिश्रले बताउनुभयो ।


स्वास्थ्य शाखाका मनोज कोरीका अनुसार तिर्तिखी स्वास्थ्य चौकीबाट २ सय ६६, गौरी स्वास्थ्य चौकीबाट १ सय २२, बसन्तपुर स्वासथ्य चौकीबाट ८३ र परसोहिया स्वास्थ्य चौकीबाट १ सय १३ जना सेवा लिएको बताउनुभयो । त्यस्तै यशोधरा आधारभुत अस्पतालबाट १ सय ७, रंगपुर स्वास्थ्य चौकीबाट १ सय ४८, सोमडिह स्वास्थ्य चौकीबाट १ सय ८८ र सिहोखोर स्वास्थय चौकीबाट ३ सय ३ जनाले आँखाको उपचार गराएको उहाँले बताउनुभयो । पालिकाले आँखा पाक्ने रोगको औषधी ८ वटा स्वास्थ्य संस्थाबाट निरन्तर निःशुल्क वितरण गर्दै आइरहेको छ ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६