ब्रेकिंग न्युज

भारतबाट तस्करी गरी ल्याइएको ६४ बोरा चिनी बरामद



कपिलवस्तु ८ भदौ । दुई वटा ट्रकमा भारतबाट तस्करी गरी ल्याइएको ६४ बोरा चिनी प्रहरीले शुक्रबार बरामद गरेको छ ।तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत बुद्धभूमि नगरपालिका–१०, रामघाट पुलनजिकै रोकिइराखेको ट्रक चेक गर्दा दुई रंग र नम्बर फेला परेको थियो । प्रहरीले ट्रकको अगाडि रातो नम्बर प्लेटमा लु १ क ५४५२ र पछाडि कालो नम्बर प्लेटमा लु २ ख ५४८६ नम्बरको प्लेट फेला पारेको थियो ।

त्यसपछि ट्रक चेक गर्दा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन् । भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी अर्घाखाँची लैजाने क्रममा एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी तस्करी गरेको पाइएको हो । गोप्य सूचनाका आधारमा तस्करी गरी भित्र्याइएको चिनी र गाडी बरामद भएको बोहोराले बताइन् ।बरामद ६४ बोरा चिनी र मिनी ट्रकसहित नियन्त्रणमा लिई बसुठौली भन्सार कार्यालय बुझाइएको प्रहरी निरीक्षक बोहराले बताइन् । त्यस्तै भदौ ५ गते कपिलवस्तुका विभिन्न ३ स्थानमा २ लाख ३० हजार बढीका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६