बुटवल ८ भदौ । बुटवल उपमहानगरपालिका १३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको काम गर्दा करेन्ट लागेर एक श्रमिकको मृत्यु भएको छ । सिंह निर्माण सेवा मार्माकार दार्चुलाले लिएको ठेक्कामा काम गर्दै आएका बैतडी सूर्नया गाउँपालिका २ घर भएका ४२ वर्षीय हरिष बहादुर चन्दको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो विद्युतको पोलबाट टेलिकमको तार तान्ने क्रममा करेन्ट लागेर चन्द सिकिस्त घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले बताए ।
प्रतिक्रिया