खोज–अनुसन्धान

ग्रिसमा भएको फिरौती काण्डमा कपिलवस्तुका प्रकाश सहित पक्राउ




कपिलवस्तु ९ भदौ ।ग्रीसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाण्डौबाट फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ लाख ७५ लाख रुपैयाँसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौको गौरीघाटबाट धनकुटाका शिवराज कुँवर, काठमाण्डौका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश वेल्बासे र पर्वतका दिलबहादुर थापालाई पक्राउ गरेको हो । सर्बियामा आफूहरूले गरिरहेको काम चित्त नबुझेको भन्दै ग्रीस जान थालेका मोरङको रङ्गेलीकी सावित्रा थापा, उदयपुरका तिलकबहादुर कार्की र काभ्रेका राजन छन्त्याल सर्बिया र ग्रीसको सीमा क्षेत्रबाट अपहरणमा परेका थिए । ग्रीस प्रवेशका क्रममा तीन जनालाई हिन्दी भाषा बोल्ने दुई जनाले अपहरण गरेर डोरीले बाँधी शारीरिक र माननिक यातना दिएर १५ हजार युरो फिरौती माग गरेका थिए ।
अपहरणकारीकै समूहमा रहेका केही व्यक्तिले यूएई र ग्रीसबाट ह्वाट्सएपमार्फत पीडितका परिवारसँग फिरौती मागेर काठमाण्डौमा मान्छे खटाई रकम लिएको खुलेको छ । रकम लिनेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रीस र सर्बियाको सीमाबाट अपहरणमा परेका तीन जनालाई उद्धार गरेको पनि सीआईबीले जनाएको छ । यसैबीच प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश जाँदा नेपाल सरकारको श्रम स्वीकृति भएको देशहरूमा मात्र आवश्यक कानुनी प्रकिया पूरा गरेर जान अनुरोध गरेको छ । पछिल्ला दिनहरूमा विदेशमा ठगी र अपहरणमा परेर धेरै नेपाली पीडित भएका भन्दै प्रहरीले गैरकानुनी रूपमा विदेश जाँदा हुने घटनाको अनुसन्धान तथा उद्धार गर्न जटिल रहेकोमा समेत सचेत गराएको छ ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६